०३ साउन २०८३, आइतबार

सुल्झियो स्वास्थ्य मन्त्रालयका दुई सचिवको तनाव, डा. चौधरीलाई चाहेकै जिम्मेवारी

पुस ९, २०७५
सुल्झियो स्वास्थ्य मन्त्रालयका दुई सचिवको तनाव, डा. चौधरीलाई चाहेकै जिम्मेवारी

काठमाडौं – दुईजना सचिव भएपछि स्वास्थ्य मन्त्रालयमा देखिएको तनाव सोमवारबाट व्यवस्थापन भएको छ ।

उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले सचिव डा. पुष्पा चौधरीलाई स्वास्थ्य तथा सचिव केदारबहादुर अधिकारीलाई जनसंख्या र प्रशासनतर्फको जिम्मेवारी दिँदै काम बाँडफाँड गरिदिएका हुन् ।

डा. चौधरी अदालतको आदेशबाट पुनर्बहाली भएकी हुन् भने अधिकारीलाई सरकारले नै स्वास्थ्य मन्त्रालयमा खटाएको थियो ।

सरकारले प्रधानमन्त्री कार्यालयमा सरुवा गरिदिएपछि डा. चौधरी अदालत ढोका ढक्ढक्याउन पुगेकी थिइन् ।

जिम्मेवारी बाँडफाँड भएपछि चौधरीले पुरानै कार्यकक्षमा बसेर काम थालेकी छन् । उक्त कार्यकक्षमा आइतवारसम्म सचिव अधिकारी बसेका थिए । कार्यकक्ष बाहिर अधिकारीकै नाम भएपनि शुक्रवार भने सचिव चौधरी केही घण्टा सो कार्यकक्षमा बसेकी थिइन् ।

आइतवार सचिव चौधरी र मन्त्री यादवबीच केहीबेर गोप्य कुराकानी भएको थियो । सो कुराकानीपश्चात् चौधरीले आफूले चाहेको जिम्मेवारी र कार्यकक्ष पाएकी हुन् ।

सचिव अधिकारीलाई भने मन्त्री यादवका सल्लाहकार केके राईको कार्यकक्षमा सारिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्