०४ साउन २०८३, सोमबार

एमालेले माफी नमागेसम्म प्रतिवाद गरिरहन्छौं : कर्ण

कात्तिक २०, २०७४
एमालेले माफी नमागेसम्म प्रतिवाद गरिरहन्छौं : कर्ण
काठमाडाैं, २३ फागुन-मधेशी मोर्चाका नेता लक्ष्मणलाल कर्णले एमालेले विगतमा गरेको गल्तीका कारण आज मधेशमा गल्ली–गल्लीमा विरोध भैरहेको स्पष्ट पारे।
कर्णले भने,‘एमालेले विगतमा गम्भिर गल्ती गरेको थियो, उसले मधेशमा कालो दिवस मनाउँदै गर्दा कालो मान्छेले कालो दिवस मनाउनु नौलो कुरा होईन भनेर भन्यो, आन्दोलनमा मान्छे मर्दा चार वटा आँप खस्यो भनेर प्रतिक्रिया दिए, यो भनेको रंग भेदी काम हो।’

उनले एमालेलाई मधेशमा अवरोध वा विरोध गर्नु भनेको आँफैले निम्त्याएको काल वा भविष्यको संज्ञा दिए। उनले प्रश्न गरे,‘सप्तरीको अवस्था हेर्नुहुन्छ भनेर पुलिस प्रशासनको ब्यारेक बनाईएको छ, कार्यक्रम स्थल सारिएको छ।’ उनले एमालेले मधेशमा जानुभन्दा पहिले माफी माँग्नुपर्ने थियो भन्दै भने,‘मान्छेबाट गल्ती हुन्छ, तर गल्ती सच्याउनुपर्छ नि।’

उनले निर्वाचन कसले गर्ने, कहाँ हुने, निर्वाचन केन्द्र कहाँ हुने, वाड कहाँ रहने भन्ने कुरा नै अहिलेसम्म टुँगो नलागेकोले निर्वाचन कसरी हुन्छ भन्दै प्रश्न गरे। उनले सरकारले निर्वाचनको नौटँकी मात्रै गरिरहेको आरोप लगाए। उनले भने,‘एउटालाई सरकारमा जान हतार छ, अर्कोलाई कुर्सी लम्ब्याउने चिन्ता छ, एमालेलाई कतिखेर सरकारमा जाउँ भन्ने दाउ छ, मधेशीलाई दोष लगाएर निर्वाचनको नौटँकी अब नदेखाए हुन्छ।’

उनले संविधान संशोधन नभएसम्म आफूहरु निर्वाचन नजाने स्पष्ट पारे। उनले थपे,‘हामी खाली हात लिएर मधेशमा जाँदैनौं, हामीले भीख माँगेको होईन नि, ए बाबा एउटै कुरा कति चोटी माँग्ने ?’

स्थानीय तह, प्रदेश सभामा जनसंख्यालाई आधार मान्नुपर्ने आफूहरुको माग रहेकोले अहिले हालै स्थानीय तहको संख्या बढाएको कुरा पनि आफूहरु नमान्ने उनले दाबी गरे।

salt training

कमेन्ट गर्नुहोस्