२५ जेठ २०८३, सोमबार

अपडेटः सप्तरी गोलीकाण्डमा ३ प्रदर्शनकारीको मृत्यु भएको पुष्टि

कात्तिक २०, २०७४
अपडेटः सप्तरी गोलीकाण्डमा ३ प्रदर्शनकारीको मृत्यु भएको पुष्टि
काठमाडौं, २४ फागुन – एमालेको मेची–महाकाली अभियान अन्तर्गत सोमबार साँझ प्रहरी र प्रदर्शकारीबीच भएको झडपमा परि ३ जनाको मृत्यु भएको पुष्टि भएको छ ।dead_2
पूर्व क्षेत्रीय कार्यालय विराटनरका प्रमुख रमेश भट्टराईले मृत्यु हुनेको संख्या तीन पुगेको पुष्टि गरे । तर मधेसी मोर्चाले भने ४ जनाको ज्यान गएको बताएको छ ।
प्रहरीका अनुसार मृत्यु हुनेहरुमा सञ्जय मेहता, पिताम्बर मण्डल र आनन्द शाह रहेका छन् । सप्तरी मलेठ २ का २० वर्षीय सञ्जयको घटनास्थलमै मृत्यु भएको हो भने मलेठ ४ का पीताम्बर र प्रसवनी ४ का आनन्दको उपचारको क्रममा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको हो । मृतकमध्ये आनन्त कांग्रेसको क्रियाशिल सदस्य रहेको बताइएको छ ।
यस्तै गोली लागेर अरु १२ जना घाइते रहेको र केहिको अवस्था गम्भीर रहेको बताइएको छ । घाइतेहरुको धरान र राजविराजमा उपचार भइरहेको छ ।
मोर्चाका कार्यकर्ताले राजविराजमा भएको एमालेको सभा विथोल्न खोज्दा झडप भएको थियो भने झडप उग्र बन्दै जाँदा प्रहरीले गोली चलाउन पुगेको थियो ।
यसैबीच संयुक्त लोकतान्त्रिक मोर्चाले पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्दै आन्दोलनको घोषणा गरेको छ । आन्दोलनस्वरुप आज र भोलिको लागि मोर्चाले तराई–मधेस बन्दको घोषणा गरेको छ ।
मोर्चाको सोमबार साँझ बसेको बैठकले आज व्यवस्थापिका संसदमा समर्थन फिर्ता लिएको भनि लिखित पत्रसहितको जानकारी गराउने निर्णय गरेको हो ।

salt training

कमेन्ट गर्नुहोस्