२५ जेठ २०८३, सोमबार

३ सयवटा विद्युतीय बस किन्ने सरकारको निर्णय

३ सयवटा विद्युतीय बस किन्ने सरकारको निर्णय

काठमाडौं– सरकारले ३ सय विद्युतीय बस किन्ने निर्णय गरेको छ । 

गत ६ गते र ९ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले सरकारले ३ सय विद्युतीय बस खरिद गर्ने निर्णय गरेको बताए । 

बिधुतीय बस सन्चालन का लागि अधिकार सप्पन्न प्राधिकरण बनाउने उनले बताए ।

विद्युतीय वस काठमाडौं उपत्यकामा मात्र नभइ देशभर सञ्चालन गर्ने तयारी भइरहेको मन्त्री बास्कोटाले बताए । 

‘निजी क्षेत्रले पनि यसमा काम गर्दैछ, सरकारले यसमा सहजीकरण गर्छ । यो शहरमा मात्र होइन देशभर जानसक्छ ।’ मन्त्री बाँस्कोटाले भने । 

यसका लागि विभिन्न स्थानमा चार्जिङ स्टेशन बनाइने बास्कोटाले बताए ।
 

सरकार विभिन्न देशमा आवासीय राजदूतहरु सिफारिस गर्ने निर्णय गरेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्