०६ साउन २०८३, बुधबार

‘चोर’ भगाएको आरोपमा अधिवक्ता ‘पक्राउ’, प्रहरीको विरुद्धमा बारको विज्ञप्ती

‘चोर’ भगाएको आरोपमा अधिवक्ता ‘पक्राउ’, प्रहरीको विरुद्धमा बारको विज्ञप्ती

काठमाडौं–चोरी मुद्दामा कैद सजाय पाएका अभियुक्तलाई अदालत परिसरबाटै भगाउन सहयोग गरेको भनेर प्रहरीले कानून व्यवसायीलाई पक्राउ गरेको भन्दै नेपाल बार एशाेसिएशनले विरोध जनाएको छ । 

अधिवक्ता रामकुमार आचार्यले आफूले प्रतिरक्षा गरेका अभियुक्त लालकाजी तामाङलाई भगाएको आशंका प्रहरीले उनीसँग सोधपुछ गरेको थियो । कैद सजाय भुक्तानका लागि बुधवार काठमाडौं जिल्ला अदालतमा पेश गरिएका तामाङ हत्कडीसहित अदालत परिसरबाटै भागेका थिए । 

यसअघि काठमाडौं जिल्ला अदालतकै आदेशानुसार चोरी मुद्दामा सजाय पाएर फरार रहेका तामाङलाई पक्राउ गरेर महानगरीय प्रहरी परिसर काठमाडौंले अदालतमा पेश गरेको थियो । 

तामाङ अदालतबाट भागेपछि प्रहरीले उनको प्रतिरक्षमा उत्रिएका कानून व्यवसायी आचार्यलाई सोधपुछका लागि बोलाएको थियो । प्रहरीले बुधवार साँझ करिब १ घन्टासम्म अधिवक्ता आचार्यसँग सोधपुछ गरेको थियो । सोधपुछ पनि उनलाई बुधवार नै छाडिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एक अधिकारीले लोकान्तरलाई जानकारी दिए । 

तर, बार एशोसिएसनका महासचिव खम्ब बहादुर खातीले भने बिहीवार विज्ञप्ती जारी गर्दै आचार्य पक्राउको विरोध जनाएका छन् ।  


 

salt training

कमेन्ट गर्नुहोस्