१६ असार २०८३, मंगलबार

नेकपा बैठकमा ओलीले भने– सरकारको काम ‘एक्सिलेन्ट’, निर्मला हत्याकाण्डबारे अन्तर्राष्ट्रियस्तरको छानविन !

नेकपा बैठकमा ओलीले भने– सरकारको काम ‘एक्सिलेन्ट’, निर्मला हत्याकाण्डबारे अन्तर्राष्ट्रियस्तरको छानविन !

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कार र हत्या सम्बन्धमा अन्तर्राष्ट्रियस्तरको छानविन गर्न सरकार तयार रहेको बताएका छन् । 

स्थायी समिति बैठकमा सदस्यहरुले उठाएका प्रश्न र जिज्ञासाको बिहीवार जवाफ दिने क्रममा ओलीले निर्मला हत्या प्रकरणलाई लिएर सरकारको चौतर्फी आलोचना भएको भन्दै आवश्यक परे अन्तर्राष्टियस्तरको छानविन गर्न सकिने बताएका हुन् ।

 यसअघि निर्मला हत्या प्रकरणमा दोषी पक्रन ढिला भएको भन्दै बुधवार संसदको बैठकमा नेकपा अध्यक्ष प्रचण्डले पनि बोलेका थिए । 

जवाफको अधिकाशं समय सरकारको काम कारवाहीको बचाउ गरेका ओलीले सरकारको काम ‘एक्सिलेन्ट’ भएको दावी गरेका थिए । 

ओलीले नेवाल वायु सेवा निगमको वाइडवडी खरिद सम्बन्धमा उठेका प्रश्न सम्बन्धमा समिति बनाएर छानविन गर्न सकिने बताएका थिए ।

 विमान खरिदमा घोटाला भएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले हिजो संसदमा बोलेका थिए । ओलीले वाइडवडी खरिदको विषयमा कतै अनियमितता भएको भए छानविन गर्न सकिने बताएका एक स्थायी समिति सदस्यले लोकान्तरलाई जानकारी दिए । 

ओलीको जवाफ चित्त नबुझेपछि वामदेव गौतम, भीम रावल, घनश्याम भुसाल लगायतले प्रतिप्रश्न गरेका थिए । यसअघि बोल्ने क्रममा पनि वरिष्ठ नेता वामदेव गौतम तथा प्रभावशाली नेताद्वय भीम रावाल र घनश्याम भुसालले बैठकमा अध्यक्षद्वयको राजनीतिक प्रतिवेदनको आलोचना गरेका थिए । गौतमले फरक मत प्रस्तुत गरेका थिए भने रावलले एसिया प्यासेफिक समिटप्रति आपत्ति जनाएका थिए । 

मंसिर २९ गते शुरु भएको स्थायी समिति बैठकमा ४४ जना सदस्यहरुले धारणा राखेका थिए । अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने बुधवारको बैठकमा जवाफ दिएका थिए । बैठक भोलि बिहान ८ बजे पुनः बस्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । 

पार्टी वैठकमा ओलीको स्पष्टीकरण– सरकारले कुनै गलत काम गर्दैन

नेकपा स्थायी समितिमा वामदेवको अडान कायमै, प्रतिवेदन पास गर्ने ओलीको प्रस्ताव अस्वीकृत

salt training

कमेन्ट गर्नुहोस्