२० असार २०८३, शनिबार

पार्टी वैठकमा ओलीको स्पष्टीकरण– सरकारले कुनै गलत काम गर्दैन

पार्टी वैठकमा ओलीको स्पष्टीकरण– सरकारले कुनै गलत काम गर्दैन

काठमाडौं– प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वको सरकारले कुनै पनि गलत काम नगर्ने बताएका छन् । 

बिहीवार साँझ बसेको स्थायी समितिको वैठकमा स्थायी समिति सदस्यले राखेका जिज्ञासाको जवाफ दिने क्रममा ओलीले सरकार केही हदसम्म सफल भएको पनि दावी गरे । 

स्थायी समिति सदस्यहरुको जिज्ञासाको जवाफ दिने क्रममा ओलीले केही तत्वहरु पार्टी छिन्नभिन्न होस् भनेर लागिपरेको उल्लेख गर्दै त्यस्ता तत्वलाई परास्त गर्नुपर्ने धारणा राखे । 

बिहीवारको वैठकमा साढे २ घन्टासम्म बोलेका ओलीले सरकारको निश्चित प्राथमिकता रहेको उल्लेख गर्दै सरकारले कुनै पनि गलत काम नगर्ने बताए । ‘सरकारका केही निश्चित प्राथमिकता छन,’ स्थायी समिति वैठकमा ओलीको भनाइ उदृत गर्दै स्थायी समिति सदस्य योगेश भट्टराईले भने, ‘सार्वभौम सत्ता, राष्ट्रियता, भौगोलिक अखण्डतालाई अक्षुण्ण राखी लोकतान्त्रिक सुदृढीकरण, संघीयताको कार्यान्वयन, भ्रष्टाचार नियन्त्रण गर्ने जिम्मेवारी पूरा गर्नुपर्ने छ ।’ 

ओलीको मन्तव्यपछि बिहीवारको स्थायी समिति वैठक सकिएको छ । बिहीवारको वैठकले अध्यक्षद्वयको राजनीतिक प्रतिवेदन पारित गर्ने भनिएको भएपनि अध्यक्ष ओलीको मन्तव्यपछि स्थगित भएको हो । 

अर्को वैठक शुक्रवार विहान ८ बजे पुनः बस्ने जनाइएको छ । 

वरिष्ठ नेता वामदेव गौतम तथा प्रभावशाली नेताद्वय भीम रावाल र घनश्याम भुसालले बैठकमा अध्यक्षद्वयको राजनीतिक प्रतिवेदनको आलोचना गरेका थिए । गौतमले फरक मत प्रस्तुत गरेका थिए भने रावलले एसिया प्यासेफिक समिटप्रति आपत्ति जनाएका थिए । 
मंसिर २९ गते शुरु भएको स्थायी समिति बैठकमा ४४ जना सदस्यहरुले धारणा राखेका थिए । अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने बुधवारको बैठकमा जवाफ दिएका थिए । 

salt training

कमेन्ट गर्नुहोस्