०१ असार २०८३, सोमबार

कांग्रेसमा ‘अर्ली’ महाधिवेशनको माग

पुस १३, २०७५
कांग्रेसमा ‘अर्ली’ महाधिवेशनको माग

काठमाडौं–कांग्रेस नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला समूहले ‘अर्ली’ महाधिवेशनको माग गरेका छन् ।

 पौडेलले पार्टी महासमिति बैठकमा ४ पुसमा कार्यतालिकासहितको अर्ली महाधिवेशन गर्नुपर्ने प्रस्ताव पेस गरेका थिए । 

सिटौला समूहले बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरी ‘अर्ली महाधिवेशन’ माग गरेको हो ।  

पौडेलले १६ पुसदेखि ०७६ असार मसान्तसम्म राष्ट्रव्यापी जागरण अभियान, पदयात्रा, टोलटोलमा वैचारिक र सांगठनिक प्रशिक्षणसहित ‘सदस्यता वितरण अभियान’ सुरु गरेर ७ फागुन ०७६ मा केन्द्रीय महाधिवेशन उद्घाटन गर्ने कार्यतालिका पेस गरेका थिए । त्यस विषयमा महासमितिमा छलफल भए पनि निर्णय भने भएन । नयाँ पत्रिका दैनिकमा विस्तृतमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्