१४ असार २०८३, आइतबार

राष्ट्रिय गानका रचनाकार व्याकुल माइलालाई पितृशोक

राष्ट्रिय गानका रचनाकार व्याकुल माइलालाई पितृशोक

काठमाडौँ– राष्ट्रिय गानका रचनाकार एवं कवि प्रदीपकुमार राई ‘व्याकुल माइला’का पिता समाजसेवी तथा शिक्षासेवी मानबहादुर राईको ७१ वर्षको उमेरमा उनकै निवास ओखलढुङ्गा जिल्लाको हिलेपानीमा गए राति १ बजे निधन भएको छ । 

उनी विगत केही वर्षदेखि मष्तिस्कमा रगत जम्ने ९हेमाटोमा० र मधुमेह रोगको नियमित उपचारमा थिए । केही दिनयतादेखि अलि असहज महसुस गर्दैआएका राई गए र शौचालयबाट फर्केर सुतेलगत्तै निधन भएको व्याकुल माइलाले बताए ।विसं २००४ साल असोजमा जन्मिएका स्वर्गीय राई २० वर्षसम्म अध्यापन गरेर सेवा निवृत्त पछि सामाजिक सेवामा संलग्न थिए। आर्दश र निष्ठावान व्यक्तिका धनी तथा सामाजिक जीवनमा सधैँ समर्पित स्व राई गाविस अध्यक्ष तथा ओखलढुङ्गा जिल्ला विकास समितिको सदस्यसमेत थिए । 

स्व राईको जातीय परम्पराअनुसार आजै ओखलढुङ्गामा अन्तिम संस्कार गरिने जनाइएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्