२४ जेठ २०८३, आइतबार

झापामा आगलागी,  २२ घर जलेर खरानी

झापामा आगलागी,  २२ घर जलेर खरानी
फाइल तस्बिर

झापा– झापाको मेचीनगर नगरपालिका–६ स्थित भानु टोलमा बिहीबार राति आगलागी हुँदा २२ घर पूर्णरूपमा नष्ट भएका छन् ।

साठी बिघास्थित पशु बधशाला नजिकको बस्तीमा राति करीब ८ बजेबाट शुरु भएको आगलागी करीब एक घण्टापछि नियन्त्रणमा आएको काँकडभिट्टा इलाका प्रहरी कार्यालयले जनाएको छ । 

आगलागीबाट छेउछाउका अन्य केही घरमा समेत सामान्य क्षति पुगेको छ । मेचीनगर, भद्रपुर र विर्तामोडका तीन वारुणयन्त्र, प्रहरी र स्थानीयवासीको प्रयासमा आगो नियन्त्रणमा आएको थियो ।स्थानीय छविलाल आङ्दम्बेको घरमा मैनवत्तीबाट सल्किएको आगो अनिन्यत्रित भएर फैलिँदा २२ घर जल्न पुगेको प्रहरी नायब उपरीक्षक महेश थापाले बताए । 

 आगलागीका कारण भएको क्षतिको विवरण आउन बाँकी छ । 
 

salt training

कमेन्ट गर्नुहोस्