
काठमाडौं — अमेरिकाका कोलिन ओ ब्रेडीले अन्टार्कटिका महादेश एक्लै कसैको पनि सहायता नलिइकन पार गर्ने कीर्तिमान बनाएका छन् । यसो गर्ने उनी संसारका पहिला र एकमात्र मानिस हुन् ।
उनले उत्तरदेखि दक्षिण अन्टार्कटिकाको १६ सय किलोमिटर दूरी ५४ दिनमा पूरा गरे ।
ब्रेडीको अभियानमा जीपीएसबाट नजर राखिएको थियो ।
अन्टार्कटिकामा पहिलोपटक नर्वेका रोआल्ड एमन्डसेन र त्यसपछि बेलायतका रोबर्ट फाल्कन स्कट पुगेका थिए । सन् २०१६ मा बेलायती सेनाका अधिकारी कर्नल हेनरी वार्स्लेले पनि एक्लै दक्षिणी ध्रुव पार गर्ने कोशिश गरिरहेका थिए तर उनको मृत्यु भयो ।
ओब्रेडी र बेलायतका लुई रडले नोभेम्बर ३ मा फरक फरक हिमनदीबाट अन्टार्कटिका यात्रा शुरू गरेका थिए ।
ओब्रेडीले लगभग १८० किलो सामान लिएर हिँडेका थिए । प्रशान्त महासागरमा रहेको फिनिशिङ पोइन्ट रस आइस हशेल्फमा उनी २६ डिसेम्बरमा पुगेका हुन् । रड उनीभन्दा दुई दिन पछि परेका छन् ।
द न्युयोर्क टाइम्सले ओब्रेडीको अभियानलाई ध्रुवीय यात्राको इतिहासमा उल्लेखनीय प्रयास बतायो । उसले लेख्यो, ‘अन्तिम १२४ किलोमिटर पूरा गर्न गाह्रो ओब्रेडीलाई गाह्रो भयो किनकि ५३ दिनमा हजारौं किलोमिटर हिँडेर उनी
थाकिसकेका थिए । उनले आफ्नो लागि यस्तो लक्ष्य निर्धारित गरे जसलाई प्रायः जसो मानिस बीचैमा त्यागिदिन्छन् ।’
एजेन्सी