
काठमाडौं– कर्मचारी समायोजन अध्यादेश र समायोजन प्रक्रियाप्रति असहमति जनाउँदै स्वास्थ्य क्षेत्रका पेशागत संघ–संगठन तथा ट्रेड युनियनहरूले यथास्थितिमा समायोजन प्रक्रियामा सहभागी नहुने घोषणा गरेका छन् ।
सरकारी चिकित्सक संघ, नेपाल स्वास्थ्य प्राविधिक संघ, नेपाल नर्सिङ संघ, मेडिकल ल्याबोरेटरी एसोसिएसन अफ नेपाल, राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपाल, अखिल नेपाल प्रगतिशील स्वास्थ्यकर्मी संगठन, नेपाल स्वास्थ्यकर्मी संघ, नेपाल स्वास्थ्यकर्मी युनियन, मधेसी स्वास्थ्यकर्मी फोरम, स्वास्थ्यकर्मी युनियन नेपाल र नेपाल राष्ट्रिय संगठन सहित ११ वटा संघसंगठन तथा ट्रेड युनियनले विभिन्न ५ बुँदै माग सम्बोधन नभएसम्म समायोजनमा सहभागी नहुने घोषणा गरेका हुन् ।
उनीहरूले शुक्रवार संयुक्त रूपमा स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवलाई ध्यानाकर्षण पत्र समेत बुझाएका छन् । समायोजनमा स्वास्थ्य सेवाका कर्मचारीको तहगत दरबन्दी हुनुपर्ने, स्वास्थ्य सेवामा तहगत रूपमा कार्यरत कर्मचारीलाई प्रशासन सेवाका कर्मचारीसरह व्यवहार गरिनुपर्ने लगायतका माग उनीहरूको छ ।
हेर्नुहोस्, विज्ञप्ति :
