२३ जेठ २०८३, शनिबार

मोर्चाका कार्यकर्ताद्वारा सप्तरी प्रशासन घेराउ, प्रतिरक्षाको जिम्मेवारी सशस्त्रलाई

कात्तिक २०, २०७४
मोर्चाका कार्यकर्ताद्वारा सप्तरी प्रशासन घेराउ, प्रतिरक्षाको जिम्मेवारी सशस्त्रलाई
काठमाडौं, २४ फागुन – नेकपा एमालेको मेची–महाकाली अभियानको क्रममा सोमवार प्रहरीको गोली लागेर सप्तरीमा मधेशी मोर्चाका तीन कार्यकर्ताको ज्यान गएपछि मोर्चाका कार्यकर्ता मंगलवार बिहादैदेखि प्रदर्शनमा उत्रिएका छन् ।

मोर्चाका कार्यकर्ताले अहिले जिल्ला प्रशासन कार्यालयमा घेराउ गरिरहेका छन् भने सडकमा टायर बाल्ने, नाराबाजी गर्ने लगायतका गतिविधि गरिरहेका छन् । सप्तरीका डीएसपी दानबहादुर कार्कीले मोर्चाले जिल्ला बन्दसहित जिल्ला प्रशासन कार्यालय घेराउ गरिरहेको जानकारी दिए ।

‘अहिले पनि अवस्था के हुने हो भनेर आँकलन गर्न सकिने अवस्था छैन,’ उनले भने, ‘तर अहिलेसम्मको अवस्था शान्तिपूर्ण नै छ ।’ सप्तरीका प्रमुख जिल्ला अधिकारी उद्धव तिमल्सिनाले सरकारी कार्यालयहरूको सुरक्षा गर्न सशस्त्र प्रहरीलाई खटाएका छन् ।

प्रहरी प्रशासन संयमताका साथ अगाडि बढेको छ । तर मोर्चाका कार्यकर्ता अहिले पनि आक्रामक रूपमा नाराबाजी गरिरहेका छन् ।

सोमवार मोर्चाका कार्यकर्ताले एमालेको कार्यक्रम बिथोल्दै आक्रमण गर्नको लागि हरेक हतकन्डा अपनाएकोले प्रहरी गोली हान्न बाध्य भएको डीएसपी कार्कीले बताए ।

मोर्चाले कार्यक्रमस्थलमा पेट्रोल बम हान्ने तयारी गरेपछि नियन्त्रणका लागि गोली चलाइएको उनले बताए ।

मोर्चाले कार्यक्रमस्थलमै पुगेर कुकर बम पनि राखेको थियो । तर प्रहरीले समयमै थाहा पाएर त्यहाँबाट बम हटाएको उनले बताए ।

salt training

कमेन्ट गर्नुहोस्