०९ असार २०८३, मंगलबार

नेकपा स्थायी समिति बैठकः पूर्वमाओवादीलाई लाग्यो यसकारण नौलो

पुस १४, २०७५
नेकपा स्थायी समिति बैठकः पूर्वमाओवादीलाई लाग्यो यसकारण नौलो

काठमाडौं–अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले नेकपा स्थायी समितिमा पेस गरेको राजनीतिक दस्ताबेज परिमार्जनसहित पारित भएको छ । 

२९ मंसिरदेखि सुरु स्थायी समिति बैठक विवादका कारण लम्बिँदै शुक्रबार सकिएको हो ।

आजको नयाँ पत्रिका दैनिक अगाडि लेख्छ– यसपटकको स्थायी समिति बैठक पूर्वमाओवादीका लागि भने नौलो भयो । बैठकमा अध्यक्षको व्यापक आलोचना भएपछि उनीहरू अचम्ममा परे । ‘माओवादीमा अध्यक्षको आलोचना भए पनि भद्र रूपमा हुन्थ्यो । यसरी आमनेसामने चर्काचर्की हुँदैनथ्यो,’ एक नेताले भने, ‘पूर्वएमालेका नेताहरूले त अध्यक्षलाई भन्नुजति भने । तपाईं बढ्ता बोल्ने बनाउँदै हुनुहुन्छ, निरंकुश ढंगले पार्टी चलाउन पाउनुहुन्न भन्दै आलोचना गरे ।’

salt training

कमेन्ट गर्नुहोस्