
काठमाडौँ–सङ्घीय संसद् मातहतको संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई आइतबार सुनुवाईका लागि बोलाएको छ ।
यसअघि समितिले शुक्रबार उनीवि?द्धका नौ जना उजुरीकर्तालाई आ–आफ्नो उजुरीको पुष्टि गर्न बैठकमा बोलाएर छलफल गरेको थियो ।
संवैधानिक परिषद्ले सर्वोच्च अदालतमा तीन वर्ष सेवा अवधि पुगेको वरिष्ठतम् न्यायाधीशका रुपमा सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा जवराको प्रस्ताव गरी संसदीय सुनुवाइका लागि समितिमा पठाएको थियो ।
समितिले सूचना प्रकाशित गरी यही पुस ११ गतेसम्म उनको नाममा उजुरीका लागि आह्वान गरेकामा नौ जनाले उजुरी दर्ता गराएका थिए ।
कार्य सम्पादनका क्रममा प्रस्तावित प्रधानन्यायाधीश राणाले संविधान, ऐन र नियमविपरीत व्यक्ति विशेषबाट प्रभावित भएर मुद्दाको निर्णय गरेको हुँदा यस्तो पात्र प्रधानन्यायाधीशजस्तो गरिमामय पदमा नियुक्त गर्नु उपयुक्त नहुने उजुरीकर्ताले बैठकमा तर्क प्रस्तुत गरेका थिए ।
उजुरीकर्तासँगको छलफलपछि समितिले जवरालाई संसदीय सुनुवाइका लागि आइतबार २ बजे बोलाउने निर्णय गरेको हो ।