०३ असार २०८३, बुधबार

आँखा झिम्क्याएर चर्चामा आएकी प्रियाप्रकाश फेरि चर्चामा

आँखा झिम्क्याएर चर्चामा आएकी प्रियाप्रकाश फेरि चर्चामा

आँखाले इशारा गरेको भिडियोका कारण एकाएक चर्चामा आएकी मलयालम अभिनेत्री प्रियाप्रकाश वारियर अहिले फेरि समाचारमा छाएकी छिन् । यसपटक उनले नयाँ फोटोसुटका कारण इन्टरनेटमा तहल्का पिटिरहेकी छिन् । 

वर्षको सुरुवातमा उनले स्कुल ड्रेसमा आँखा झिम्क्याएर लाखौँलाई घायल बनाएकी थिइन् । आँखाले इशारा गर्ने प्रियाप्रकाशको भिडियो यति भाइरल भयो कि उनी रातारात सेलेब्रिटी बनिन् । अहिले फोटोसुटका कारण उनको चर्चा चलेको छ । 

यस वर्ष गुगलले सबैभन्दा बढी सर्च हुने स्टार, गीत र फिल्मको लिस्ट सार्वजनिक गरेको छ । फिल्ममा रजनीकान्तको ‘२.०’, गीतमा नोरा फतेहीको ‘दिलबर’ र स्टारको सूचीमा भने प्रियाप्रकाश छिन् । 

salt training

कमेन्ट गर्नुहोस्