२३ जेठ २०८३, शनिबार

स्वर्गीय राजा वीरेन्द्रको सम्झनामा कार्यक्रम

स्वर्गीय राजा वीरेन्द्रको सम्झनामा कार्यक्रम

गोदावरी – तत्कालीन राजा स्वर्गीय वीरेन्द्र शाहको ७४ औं जन्मजयन्तीको अवसरमा शनिवार उनलाई स्मरण गरिएको छ ।

स्व. राजाले आफ्ना कार्यकालमा नेपाल र नेपालीलाई पुर्याएको योगदानलाई कदर गर्दै ललितपुरको जाउलाखेलमा योगी नरहरिनाथ ट्रस्ट आध्यात्मिक परिषद्ले उनको शालिकमा माल्यार्पण तथा श्रद्धाञ्जलि कार्यक्रम सम्पन्न गरेको हो । 

कार्यक्रममा योगी नरहरिनाथ ट्रस्ट आध्यात्मिक परिषद्का अध्यक्ष शंकर पौडेलले स्व. राजा वीरेन्द्र एक प्रजातन्त्रप्रेमी र सच्चा देशभक्त राजा भएको विचार राखे ।

वीरेन्द्रको शालिक माल्यार्पण तथा श्रद्धाञ्जलि अर्पण कार्यक्रममा पूर्वराजाका प्रमुख मुख्यसचिव पशुपतिभक्त महर्जन, संवाद सचिव डा. फणीराज पाठकलगायत धार्मिक संघसंस्थाका प्रतिनिधि र समाजसेवीको कार्यक्रममा उपस्थिति थियो ।

वीरेन्द्र शाहको २०५८ साल जेठ १९ मा राजदरवारमै सपरिवार हत्या भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्