०५ साउन २०८३, मंगलबार

प्रदेश राजधानी बुटवलबाट दायाँ–बायाँ हुँदैन : महासचिव पौडेल

पुस १४, २०७५
प्रदेश राजधानी बुटवलबाट दायाँ–बायाँ हुँदैन : महासचिव पौडेल

बुटवल – नेकपा महासचिव विष्णु पौडेलले ५ नम्बर प्रदेशको राजधानी बुटवलबाट दायाँ–बायाँ नहुने बताएका छन् ।

राजधानीबारे अनावश्यक पिठो पिस्न नपर्ने बताउँदै उनले राजधानी बुटवल नै हुने घुमाउरो पाराले जवाफ दिए । 

गुरुङ राष्ट्रिय परिषद् रुपन्देहीले तमु ल्होसारको अवसरमा आयोजना गरेको विरोध र्यालीपछिको सभामा बोल्दै पौडेलले भने, ‘सांसदहरूले सुझबुझका साथ निर्णय गर्नुहुन्छ ।’ प्रदेशको राजधानी कहाँ हुनुपर्छ । यसबारे आफूले धेरै बोल्न आवश्यक नरहेको स्पष्ट पारे । 

प्रदेश सरकारले प्रदेशको स्थानीय राजधानी टुंगो लगाउन अझै संसदमा प्रक्रिया थालेको छैन । ‘प्रदेश ५ को स्थायी राजधानी र नामाकरणका विषयमा अब पनि धेरै पीठो पिस्नुपर्छ जस्तो मलाई लाग्दैन,’ पौडेलले भने, ‘यहाँका जनता के चाहन्छन्, त्यो सांसदहरू जान्दछन् र त्यही आधारमा उचित निर्णय गर्छन् । नेताहरूले जनताको जनचाहना बमोजिम निर्णय गर्नुहुनेछ ।’

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, बेलहिया बुटवल ६ लेन सडक, अन्तराष्ट्रिय सभा हल, प्रदर्शनी केन्द्र, निर्माणाधीन तथा बुटवल पोखरा सडक विस्तार, सिद्धबाबा क्षेत्रमा सुरुङ मार्ग,बुटवल नारायणगढ सडक चारलेनमा विस्तार आयोजना छिट्टै शुरू हुने भएकाले रुपन्देही प्रदेश राजधानीका लागि जुनसुकै दृष्टिले पनि उपयुक्त हुने उनले स्मरण गराए । 

गुरुङ लगायत विभिन्न समुदायका चाडमा दिइँदै आएको बिदा कटौतीबारे आफूले प्रधानमन्त्री र सरकारलाई सकारात्मकरुपमा ब्रिफिङ गर्ने र बिदा पुनःस्थापित गर्न पहल गर्ने आश्वासन पनि उनले दिए । धेरै जाति भएका र देश निर्माणमा वाधा पुग्ने देखेर सरकारले केही बिदा कटौती गर्नुपरेको उनले स्पष्टीकरण दिए ।

संविधानले सबै जाति, भाषा, धर्म र संस्कृतिलाई समानरुपमा हेरेको र कसैलाई विभेद नगरेको र सरकारले विभिन्न कानुनहरु बनाएर संविधान कार्यान्वयनको आधार तयार गरेको उनले बताए ।

salt training

कमेन्ट गर्नुहोस्