२६ असार २०८३, शुक्रबार

सशस्त्र प्रहरीको इन्टेलिजेन्स ब्यूरोद्वारा पेस्तोलसहित चार जना पक्राउ

सशस्त्र प्रहरीको इन्टेलिजेन्स ब्यूरोद्वारा पेस्तोलसहित चार जना पक्राउ

काठमाडौं– सशस्त्र प्रहरी बलको इन्टेलिजेन्स ब्यूरोको बिशेष टोलीले भक्तपुरको सल्लाघारीबाट शनिबार गोली लोड अवस्थाको इटालियन अटोमेटिक पेस्तोलसहित चार जनालाई पक्राउ गरेको छ । 
  

 पक्राउ पर्नेहरुमा कालिकोट जिल्ला तिलागुफा नगरपालिका १ वस्ने २५ वर्षिय मोतिलाल शाही, सोही नगरपालिका ३ वस्ने २१ बर्षिय बलदिप शाही, कालिकोट जिल्ला मैबी गाउँपालिका ६ वस्ने १८ वर्षिय जागेश शाही र मुगु जिल्लाको खत्ने गाउँपालिका २ वस्ने २२ वर्षिय भीमप्रसाद दाहाल छन् । 

    उनीहरु केही अवधिदेखि भक्तपुरको सल्लाघारीमा बस्दै आएको बताइएको छ । 

    शनिबार दिउँसो उनीहरुलाई सो ब्यूरोको बिशेष टोलीले सल्लाघारीस्थित एक रेष्टुरेण्टबाट पक्राउ गरेको हो । 
  

 त्यसवेला उनीहरुको साथबाट एउटा इटालियन अटोमेटिक पेस्तोल तथा ९ एम.एम. को पाँच राउण्ड गोली र एउटा म्याग्जिन बरामद भएको छ । सो पेस्तोलमा पाँचवटै गोली लोडेड अवस्थामा रहेको थियो । 
 

   उनीहरु अपराधिक गतिविधिमा संलग्न रहेको तथा उनीहरुको साथमा अवैध पेस्तोल रहेको भन्ने जानकारी पाएपछि खटिएको सो ब्यूरोको बिशेष टोलीले उनीहरुलाई हतियारसहितै पक्राउ गरेको हो । 

    पक्राउ परेका चारै जनालाई बरामद पेस्तोल तथा गोली र म्याग्जिनसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्