०२ असार २०८३, मंगलबार

कर्मचारीलाई बाटो खुला

पुस १५, २०७५
कर्मचारीलाई बाटो खुला

काठमाडौँ–नेपाल सरकारले संघ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजनका लागि करिब एक लाख ३५ हजार दरबन्दीको विवरण सार्वजनिक गरेको छ । 

यो विवरण सार्वजनिक भएसँगै समायोजनमा जान चाहने कर्मचारीका लागि कहाँ जाने हो, रोज्न बाटो खुला भएको छ । 
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव दिनेशकुमार थपलियाका अनुसार, संघमा करिब ४६ हजार, प्रदेशमा २२ हजार र स्थानीय तहमा ६७ हजार ७५० कुल दरबन्दीको विवरण मन्त्रालयको वेभसाइटमार्फत् सार्वजनिक गरिएको छ । 

सङ्घमा मुख्य सचिव एक, सचिव ५५, सहसचिव प्रशासन २५७ कायम भएको छ भने अन्य कानुन, सरकारी वकिल, इन्जिनियरको पनि दरबन्दी यकिन भएको छ । यसैगरी, उपसचिव, शाखा अधिकृतलगायत सबै पद र तहको दरबन्दी सार्वजनिक भएको छ । 
सातवटै प्रदेशमा रहने कर्मचारीको दरबन्दीको विवरणसमेत राखिएको छ । यसैगरी, स्थानीय तहमा पशु र कृषि संरचनामा सबैभन्दा बढी सात हजार ७२४ र स्वास्थ्यतर्फ कुल दरबन्दी २५ हजार ७६४ दरबन्दी रहेको छ । 
सचिव थपलियाले समायोजनमा जान चाहने कर्मचारीले आफूलाई कहाँ जाने हो भनेर रोज्नलाई बाटो खुलेको बताए । गोरखापत्र दैनिकमा खबर छापिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्