०९ असार २०८३, मंगलबार

स्थानीय तहको निर्वाचनलाई केन्द्रीत गरेर चितवन प्रहरीले थाल्यो हतियारको लगत

कात्तिक २०, २०७४
स्थानीय तहको निर्वाचनलाई केन्द्रीत गरेर चितवन प्रहरीले थाल्यो हतियारको लगत
चितवन, २४ फागुन –स्थानीय तहको निर्वाचनको घोषणा गरिएसँगै यहाँको सुरक्षा समितिले वैध र अवैध हातहतियार खोजी सुरु गरेको छ ।

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले अनुमति लिई राखिएका हतियार एक साताभित्र सम्बन्धित सुरक्षा निकाय कार्यालय वा जिल्ला प्रशासन कार्यालयमा बुझाउन आग्रह गरिएको बताए ।

अनुमति नलिइएका घरेलु र अन्य हतियारसमेत बुझाउन जिविसले यस्तो आग्रह गरिएको छ ।

एक साताको समयमा त्यस्ता हतियार नबुझाइएमा सुरक्षा निकायले खोजीलाई तीव्रता दिएर कारबाही प्रक्रिया अगाडि बढाउने चेतावनी प्रजिअ भट्टले बताए ।

निर्वाचनलाई नै ध्यानमा राखी जिल्ला प्रहरी कार्यालय चितवनले प्रहरी निरीक्षकको नेतृत्वमा निर्वाचन सेल (एकाइ) समेत गठन गरेको प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिए । सेलले निर्वाचनसँग सम्बन्धित सुरक्षाका कार्य अघि बढाउने छ ।

निर्वाचन कार्यालयलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीले सुरक्षा दिन सुरु गरिसकेका छन् । सबै क्षेत्र र समुदायसँग समन्वय गरेर जिल्लामा निर्वाचनका लागि आवश्यक सुरक्षा प्रबन्ध मिलाइने प्रजिअ भट्टले बताए ।

salt training

कमेन्ट गर्नुहोस्