१९ असार २०८३, शुक्रबार

कम्प्युटरको आवाजमा कुरा गर्छिन् यी महिला, भिडियो भाइरल

कम्प्युटरको आवाजमा कुरा गर्छिन् यी महिला, भिडियो भाइरल

काठमाडौं — ठूला नेता वा अभिनेताको आवाजको नक्कल गर्ने कलाकारहरू त तपाईंले देख्नुभएकै होला । तर एक महिलाले कम्प्युटरको जस्तो आवाज निकालेर सबैलाई छक्क पारेकी छन् । 

अमेरिकाको बाल्टिमोरमा बस्ने काज नामक एक –यापर महिलाले भर्चुअल असिस्टेन्ट सिरीको आवाज निकाल्ने गरेकी छन् । 

एरिन नामक व्यक्तिले क्याजको भिडियो ट्वीट गरे । ट्वीटमा उनले लेखे, ‘राति मैले सिरीको मानव रूपलाई भेटें ।’ 

भिडियोमा क्याजले सिरीको आवाजमा नेभिगेसन बताउँछिन् । क्याजको अनौठो आवाज सुनेर धेरैजना छक्क परेका छन् । 

भाइरल भएपछि क्याजले आफ्नो ट्विटर ह्यान्डलबाट बेग्लै भिडियो पोस्ट गरेर आफूमाथि शंका गर्नेहरूलाई जवाफ दिएकी छन् । भिडियोमा उनी भन्छिन्, ‘मेरो नाम क्याज हो र म बाल्टिमोरमा बस्ने –यापर र निर्माता हुँ । धेरै मानिसले म
झूटो भएको र लिप सिंक मात्र गर्ने समेत भनेछन् । तर त्यो मिथ्या आरोप हो । मनजिक कोही छैन ।’ 

त्यसो भन्दै उनी सिरीको आवाजमा आफ्नो आवाज रेकर्ड गर्छिन् ।

 

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्