
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले प्रदेश नम्बर दुईमा प्रादेशिक कार्यालय स्थापना गरेको छ ।
आइतबार(आज) प्रदेश नम्बर दुईको प्रादेशिक कार्यालय वीरगञ्जको आदर्शनगरमा स्थापना भएको बैंकले जनाएको छ ।
उक्त कार्यालयको आरम्भ समारोहमा जिल्लाका उच्चपदस्थ सरकारी कर्मचारी, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको बाक्लो उपस्थिति रहेको थियो । प्रदेश नं २अन्तर्गत बैंकका ८ वटा शाखाहरु (बीरगञ्ज, औरही, बर्दिवास, गौशाला, जनकपुर, निजगढ, पथलैया तथा कोल्हवी)बाट व्यापार बिस्तारका साथ साथै शाखाहरुसंगको समन्वय, निगरानी, संस्थागत सुशासन, जोखिम व्यवस्थापन एवम गुनासो सुनुवाई जस्ता कार्यहरू प्रादेशिक कार्यालयले छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा सम्पादनगर्ने विश्वास बैंकले लिएको छ ।
“योर पार्टनर फोर प्रोग्रेस”भन्ने नारालाईआत्मसाथ गरी अनवरत रूपले नेपालीजनताको घरदैलोमा बैंकिंग सेवापुयाँउदैै आएको यस सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ८० वटा शाखा, ७५ वटा ए.टि.एम. र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव चार लाख ग्राहक वर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।
फ्नो ग्राहक वर्गहरुलाई विभिन्न किसिमका निक्षेप तथाकर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स, आस्वा, ड्राफ्ट, भिसा ए.टि.एम.कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा, साथै कुनै पनि शाखाबाट रकमझिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनिउपलब्ध गराउँदै आएको छ ।