२२ असार २०८३, सोमबार

यमनको गृहयुद्धको भयावह वास्तविकता : भोक मेटाउनलाई हतियार बोक्न बाध्य बालबालिका

यमनको गृहयुद्धको भयावह वास्तविकता : भोक मेटाउनलाई हतियार बोक्न बाध्य बालबालिका

काठमाडौं — यमनमा गृहयुद्धको पीडादायक वास्तविकता सार्वजनिक भएको छ । 

राजधानी सनाबाट १२ सय माइल पर १६ वर्षे एक बालक हागर शोमो भोकमरीका कारण सुडानी मिलिसियामा भर्ती भए । हागरसँगै हजारौं बालबालिका सुडानी मिलिसियासँगै लडिरहेका छन् । 

युद्धमा हजारौं बालबालिकाले ज्यान गुमाएका छन् । 

त्यहाँ चलिरहेको हिंसाको कथा खतरनाक छ । भोकमरी छाएपछि परिवारको भोक मेटाउनका लागि बच्चाहरूलाई युद्धमा पठाउने गरेको र मिलिसिया अधिकारीहलाई घूस खुवाउने गरेको पाइयो । 

युद्धमा एकदमै कम उमेरका बालबालिका पनि संलग्न छन् । युद्धका अधिकांश बच्चा १४ देखि १७ वर्ष उमेरका छन् । 

सुडानी सैनिकहरूले दाबी गरेअनुसार, डारफुर संघर्षमा हजारौं मानिस फसेका छन् र तिनमा धेरैजसो बालबालिका छन् । 

संयुक्त राष्ट्रसंघले यमनमा चलिरहेको हिंसा र युद्धमाथि चिन्ता व्यक्त गरेको छ । युद्धका कारण मानवीय संकट गहिरिएको छ । 

साउदी अरबको गठबन्धनले गरेको युद्धका कारण यमनमा एक करोड २० लाख मानिस भोकमरीको स्थितिमा पुगेका छन् । त्यहाँ लगभग ८५ हजार बालबालिकाको मृत्यु भइसकेको छ । 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्