२३ असार २०८३, मंगलबार

पाँचथर पावर कम्पनीलाई आईपीओ बिक्रीको अनुमति

पाँचथर पावर कम्पनीलाई आईपीओ बिक्रीको अनुमति

काठमाडौँ– नेपाल धितोपत्र बोर्डले पाँचथर पावर कम्पनीलाई साधारण शेयर (आईपीओ) बिक्रीका लागि अनुमति दिएको छ । 

बोर्डले सो कम्पनीलाई आयोजना प्रभावित पाँचथर जिल्लाका लागि नौ लाख ६२ हजार ५०० कित्ता साधारण शेयर बिक्रीका लागि अनुमति दिएको हो । 

सो कम्पनीले १४ दशमलव ९ मेगावाट क्षमताको हेवा खोला जलविद्युत् आयोजना निर्माण गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित पाँचथरवासीलाई शेयर बिक्री गर्नेछ ।

दोस्रो चरणमा आम सर्वसाधारणलाई शेयर बिक्री गर्ने तयारी गरेको छ । इक्रा नेपालले सो कम्पनीको वित्तीय अवस्था सन्तोषजनक नभएको भन्दै ग्रेड चार रेटिङ दिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्