
सुर्खेत– छ दिनदेखि सिम्ता गाउँपालिका–९ खानीखोला सुर्खेतबाट हराएका तीन स्कूले बालिका आज बुटवलमा भेटिएका छन् ।
नेपाल राष्ट्रिय मावि सिम्ता कक्षा ९ मा अध्ययनरत १४ वर्षीय निशा सिंह, सोही कक्षामा अध्ययनरत १५ वर्षीय यमुना खत्री र कक्षा ७ मा अध्ययनरत उनकी बहिनी १२ वर्षीय रिसिमा खत्री बुटवल बसपार्कमा फेला पारिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक दीलबहादुर मल्लले जानकारी दिए ।
प्रहरी नायब उपरीक्षक मल्लका अनुसार आजै उनीहरुलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले बुझ्ने गरी पठाइएको छ ।