०८ असार २०८३, सोमबार

वाइडबडीमा भ्रष्टाचार भएको ठहर, मालपोत प्रमुखद्वारा कार्यालयमै कुखुरापालन

वाइडबडीमा भ्रष्टाचार भएको ठहर, मालपोत प्रमुखद्वारा कार्यालयमै कुखुरापालन

काठमाडौं– संसदीय उपसमितिले नेपाल वायुसेवा निगमको वाइडबडीमा भ्रष्टाचार भएको ठहर भएको छ । उपसमितिले विमानको लागत मूल्य, बोलपत्र सिफारिस तथा स्वीकृत गर्ने अधिकारीलाई निलम्बन गरी कारबाही गर्न भनेको छ । 

विमानबारे अध्ययन गर्न कठिन प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिअन्तर्गतको उपसमितिले वाइडबडीमा ‘गम्भीर त्रुटि’ औँल्याउँदै आइतबार प्रतिवेदन तयार गरको हो । कांग्रेस सांसद राजन केसी संयोजकत्वको उपसमितिले वाइडबडीमा संलग्नलाई निलम्बन गरी कारबाही गर्न अख्तियारलाई सिफारिस गरेको छ ।,अन्नपूर्ण पोस्टमा खबर छ । 

विभेद व्यवहारीक रुपमै अन्त्य हुँदैछः प्रम
प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ संविधानले अन्त्य गरेका विभेद व्यवहारिक रुपमा पनि अन्त्य हुँदै गइरहेको दाबी गर्नुभएको छ ।  ह्युल छोंज धि गुरुङ राष्ट्रिय परिषद्ले आयोजना गरेको तमु ल्होछार कार्यक्रमलाई आइतबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो दाबी गर्नु भएको हो ।

उहाँले भन्नुभयो, ‘हिजो विभेद थियो, त्यो विभेदको अन्त्य गरेका छौं, अब असमानता हटाउन बाँकी छ, अलिकति समय लाग्छ ।’ असमानतालाई ब्यवहारिक रुपमा अन्त्य गर्न पछाडी परेका समुहादयलाई विषेश ब्यवस्था गर्ने निति लिएको भन्दै त्यसमा सरकार प्रतिवद्ध रहेको बताउनुभयो । 

कर्मचारीको आन्दोलनले संसदीय समितिको काम प्रभावित
प्रधानन्यायाधीशमा प्रस्तावित चोलेन्द्रशम्शेर जबराले आफू प्रधानन्यायाधीश नियुक्त भए अदालतहरूमा भ्रष्टाचार र अनियमिततामा शून्य सहनशीलता अपनाउने बताएका छन् । आफ्ना अनुभव, इच्छा र कार्ययोजना आइतबार संसदीय सुनुवाइ समितिसमक्ष प्रस्तुत गर्दै जबराले न्यायालयलाई भ्रष्टाचार मुक्त गर्ने र छिटो छरितो न्याय सम्पादन गर्ने बताए ।

जबराले न्यायालय सुधारका लागि विभिन्न संयन्त्र बनाएर अगाडि बढ्ने, सर्वाेच्च अदालतमा न्यायाधीश दरबन्दी बढाउन पहल गर्ने बताए । वर्तमान प्राधानन्यायाधीश ओमप्रकाश मिश्र यहि पुस १७ गते पर्सी अवकासमा जाँदै हुनुहन्छ ।

यसैबीच, संसदीय सुनुवाइ समितिको बैठक पर्सी मंगलबार बिहान ११ बजे सम्मका लागि स्थगित भएको छ । संसद सेवाका कर्मचारीको आन्दोलनका कारण जबराको सुनवाइ बीचमै रोकिएको हो । संसदीय सेवाका कर्मचारीले साउन यताको कार्यालय समयभन्दा अघिपछि काम गरेको सेवासुविधा नपाएको भन्दै बैठकबाट बाहिरिएपछि बैठक स्थगित भएको हो । 

मालपोत प्रमुखद्वारा कार्यालयमै कुखुरापालन
मालपोत कार्यालय रामेछापका प्रमुख बद्रीराज ढकालले कार्यालय परिसरमै कुखुरापालन गर्दै आएका छन् । कार्यालयमा हाजिर भएदेखि नै ढकालले व्यक्तिगत लाभका लागि कुखुरापालन गरेका हुन् । 
कार्यालय प्रमुखले कार्यालयको काममै अवरोध पुग्ने गरी कुखुरापालन गरेकोप्रति सेवाग्राहीले असन्तुष्टि व्यक्त गरेका छन् ।, नयाँ पत्रिकामा खबर छ । 

सार्वजनिक सेवा सुदृढका लागि कार्य सम्पादन सम्झौता 
गृह मन्त्रालयले सार्वजनिक सेवा थप सक्षम, सुदृढ, सेवामूलक बनाउने लक्ष्यका साथ काठमाडौँ उपत्यका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग कार्यसम्पादन सम्झौता गरेको छ ।     गृहसचिव प्रेमकुमार राई र काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीबीच आइतबार गृह मन्त्रालयमा कार्यसम्पादन सम्झौता भएको मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले जानकारी दिए ।

मन्त्रालयले बाँकी रहेका ७४ जिल्लामा आगामी १५ दिनभित्र त्यस्तै सम्झौता गराइने र भविश्यमा बहाल भई जाने सबै प्रमुख जिल्ला अधिकारीसँग पनि सोहीअनुसारको सम्झौता हुने प्रवक्ता सुवेदीले जानकारी दिए । सार्वजनिक सेवालाई उत्तरदायी, पारदर्शी र सूचनामूलक बनाउँदै जनतालाई सार्वजनिक सेवाको प्रत्याभूति दिलाउन त्यस्तो सम्झौता गरिएको मन्त्रालयले जनाएको छ । 

२३ सडक आयोजनामा ८० प्रतिशत काम
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले चालू आर्थिक वर्षको पहिलो चार महीनामा सडक विभागअन्तर्गतका आयोजनामध्ये २३ वटामा ८० प्रतिशतभन्दा बढी काम भएको जनाएको छ । मन्त्रालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री रघुवीर महासेठले ५० देखि ८० प्रतिशत प्रगति भएका सडक आयोजनाको सङ्ख्या सात र ५० प्रतिशतभन्दा कम प्रगति भएका आयोजनाको सङ्ख्या पाँच रहेको जानकारी दिए । 

पुस २६ सम्म भारतबाट कहिलेसम्म रेल आउने भन्ने प्रष्ट हुने मन्त्रालयले जनाएको छ । काठमाडौँ–वीरगञ्ज रेलमार्गको पूर्वसम्भाव्यता अध्ययन भारतीय परामर्शदाताबाट र केरुङ–काठमाडौँको सम्भाव्यता अध्ययन चिनियाँ पक्षबाट भइरहेको मन्त्रालयले जनाएको छ । शहरी सडक यातायातलाई व्यवस्थित गर्ने अवधारणापत्र र ३०० वटा विद्युतीय बस खरीद गर्ने नीतिगत निर्णय मन्त्रिपरिषद्बाट भएको मन्त्री महासेठले सुनाए । 

हराएका तीन बालिका बुटवलमा भेटिए 
छ दिनदेखि सिम्ता गाउँपालिका–९ खानीखोला सुर्खेतबाट हराएका तीन स्कूले बालिका बुटवलमा भेटिएका छन् । नेपाल राष्ट्रिय मावि सिम्ता कक्षा ९ मा अध्ययनरत १४ वर्षीय निशा सिंह, सोही कक्षामा अध्ययनरत १५ वर्षीय यमुना खत्री र कक्षा ७ मा अध्ययनरत उनकी बहिनी १२ वर्षीय रिसिमा खत्री बुटवल बसपार्कमा आइतबार फेला पारिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक दीलबहादुर मल्लले जानकारी दिए । 

सीमामा सत्ताइस स्तम्भ निर्माण 
कैलालीसित जोडिएको नेपाल–भारत सीमामा हराएका २७ सीमा स्तम्भ निर्माण गरिएको छ । नेपाल–भारत सीमा सर्वेक्षण टोली नं ४ का प्रमुख नापी अधिकृत जनकराज भट्टले सीमा क्षेत्रमा मुख्य र सहायक गरी १३३ सीमा स्तम्भ हराएकामा २७ स्तम्भ निर्माण पूरा भएको जानकारी दिए । 

दुवै देशको संयुक्त सीमा सर्वे टोलीले नयाँ स्तम्भ निर्माणका साथै ९८ स्तम्भको समेत मर्मत सम्पन्न गरेको हो । कैलालीसित जोडिएको नेपाल–भारत सीमा क्षेत्रमा मुख्य ५३ र सहायक २२९ सीमा स्तम्भ छन् ।

बुटवलबाट श्रम स्वीकृति
सरकारले वैदेशिक रोजगारीमा जानेका लागि श्रम स्वीकृति लिन राजधानी बाहिर बुटवलमा आइतबारदेखि सेवा प्रारम्भ गरेको छ । सामाजिक सुरक्षा मन्त्रालय, श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग श्रम तथा रोजगार कार्यालयले श्रम स्वीकृतिका लागि बुटवलमा प्रदेश ५ कार्यालय स्थापना गरी श्रम स्वीकृतिको सेवा शुरू गरेको हो ।

श्रमिक फेरि फर्केर त्यही कम्पनी र त्यही देशमा जानका लागि मात्र यो सेवा बुटवलबाट शुरू गरिएको वैदेशिक रोजगार विभागले जनाएको छ । यस अगाडि श्रम स्वीकृतिको काम वैदेशिक विभागबाट मात्र हुन्थ्यो । 

‘ए’ डिभिजन लिगको आगामी खेल तालिका हेरफेर
अखिल नेपाल फुटबल संघ एन्फाले सहिद स्मारक ए डिभिजन लिगको आगामी खेल तालिका केही हेरफेर गरेको छ । सोमबारदेखि शुरु हुने १२ औं चरणका खेलहरु अन्तर्गत लिग च्याम्पियन मनाङ मस्र्याङदी क्लब र हिमालयन शेर्पावीचको खेल सारिएको छ । 

मनाङले ११ औं खेलसम्म अपराजित रहँदै उपाधिमाथि कब्जा जमाईसकेको छ । एन्फाले आइतबार सार्वजनीक गरेको खेल तालिका अनुसार आज एनआरटी र मछिन्द्र, फ्रेन्ड्स र ब्रिगेड ब्वाईज तथा जावलाखेल र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ । त्यस्तै, भोलि मंगलबार सरस्वती युथ क्लब र च्यासल, एपीएफ र पुलिसबीच प्रतिस्पर्धा हुनेछ । 

यसअघि आज बिहान ११ बजे एन्फा कम्प्लेक्समा हुने भनिएको हिमालयन शेर्पा र मनाङ मस्र्याङ्दी क्लबबीचको खेल भने सारिएको छ । मनाङ र शेर्पावीच बुधवार प्रतिस्पर्धा हुनेछ भने सोही दिन संकटा र थ्रीस्टार भिड्नेछन् । 

salt training

कमेन्ट गर्नुहोस्