२० असार २०८३, शनिबार

गुफाडाँडामा आजदेखि राष्ट्रिय जलवायु सम्मेलन शुरु हुँदै

गुफाडाँडामा आजदेखि राष्ट्रिय जलवायु सम्मेलन शुरु हुँदै

सिन्धुपाल्चोक–‘राष्ट्रिय जलवायु सम्मेलन २०७५’ सोमबारबाट शुरु हुँदैछ । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाको गुफाडाँडामा हुने सम्मेलनमा ७७ वटै जिल्लाका जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख तथा विषय विज्ञहरुको सहभागिता रहने छ । 

जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका अध्यक्ष कृष्णगोपाल तामाङका अनुसार सम्मेलनको सोमबार बिहान ११ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नुहुनेछ । सम्मेलन दुई दिनसम्म चल्नेछ । सामुद्री सतहबाट करिब २५ सय मिटरको उचाइमा रहेको गुफाडाँडामा हुन लागेको सम्मेलनमा विश्वको जल्दोबल्दो समस्या बन्दै गरेको जलवायु परिवर्तनको मुद्दा सिन्धुपाल्चोकबाट शसक्त ढंगबाट उठान हुने बताइएको छ । 

जलवायु अनुकूलन तथा न्यूनीकरणको उपायहरूको पहिचान, कार्यक्रम तर्जुमा तथा कार्यान्वयनले स्थानीयस्तरमा प्राथमिकता नपाएका कारण क्षेत्रगत तथा विषयगत सूचना उपलब्ध गराउने संयन्त्र बनाउन सम्मेलनमा जोड दिइनेछ । सम्मेलन हुने गुफाडाँडालाई यतिखेर दुलही झैं श्रृंगारिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्