०८ असार २०८३, सोमबार

ग्लोबल आईएमई बैंकको तानसेन र पूर्वखोला शाखा कार्यालयको औपचारिक उद्घाटन

ग्लोबल आईएमई बैंकको तानसेन र पूर्वखोला शाखा कार्यालयको औपचारिक उद्घाटन

काठमाडौं – ग्लोबल आईएमई बैंक लिमिटेडले आइतवार पाल्पा जिल्लाको तानसेन र पूर्वखोलास्थित तानसेन शाखा र पूर्वखोला शाखा कार्यालयको औपचारिक उद्घाटन गरेको छ ।

पाल्पा जिल्ला र त्यस वरपरका वासिन्दालाई सेवा पुर्याउने उद्देश्यले खोलिएको शाखाको नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवि नेपाल र तानसेन नगरपालिकाका मेयर अशोककुमार शाहीले संयुक्त रुपमा औपचारिक उद्घाटन गरे ।

शाखाको औपचारिक उद्घाटन गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर नेपालले पाल्पा जिल्ला लगायत देशका अन्य जिल्लामा ग्लोबल आईएमई बैंकले विस्तार गरेको सेवा सञ्जालले देशको समग्र आर्थिक वृद्धिमा उल्लेखनीय टेवा पुगेको बताए ।

कार्यक्रममा बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल लगायत स्थानीय जनप्रतिनिधि, बुद्घिजीवि तथा स्थानीयको उल्लेख्य उपस्थिति थियो । शाखा उद्घाटन समारोहमा बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले ग्लोबल आईएमई बैंक लिमिटेड सुविधा सम्पन्न स्थानमा मात्र नभएर विकट क्षेत्रमा समेत पुगेर आफ्नो सेवा प्रदान गरिरहेको जानकारी गराउँदै सबै वर्ग र क्षेत्रलाई बैंकिङ पहुँचमा ल्याउने बैंकको प्राथमिक उद्देश्य रहेको बताए ।

सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले १२ वर्षअघि स्थापना भएको ग्लोबल आईएमई बैंकले १ सय ३३ शाखा, १ सय ४१ एटीएम, ७ एक्सटेन्सन काउन्टर, १४ वटा राजस्व संकलन काउन्टर र १ सय १५ शाखारहित बैंकिङ सेवा, विदेशमा ३ प्रतिनिधि सम्पर्क कार्यालयमार्फत् आफ्ना ९ लाख ५० लाखभन्दा बढी ग्राहकमाझ सेवा प्रदान गर्दै आइरहेको छ ।

बैंकले अत्याधुनिक प्रविधियुुक्त भाइबर बैंकिङ सेवा, मोबाइल बैंकिङ सेवा, इन्टरनेट बैंकिङ सेवाको साथमा अस्टे«लिया, बेलायत र भारतमा प्रतिनिधि सम्पर्क कार्यालय स्थापना गरेर ती देशमा रहेका नेपालीलाई सेवा प्रदान गर्दै आइरहेको छ । 

बैंकले मलेसिया, दक्षिण कोरिया, कतार, यूएई, बहराइन, जोर्डन, अस्टे«लिया, बेलायत र भारत लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउने कार्यमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्