२८ जेठ २०८३, बिहीबार

लोकतन्त्रको आवरणमा लुटतन्त्र, राष्ट्रिय अस्तित्व जोगाउन नसके प्रजातन्त्र संकटमा : कमल थापा

लोकतन्त्रको आवरणमा लुटतन्त्र, राष्ट्रिय अस्तित्व जोगाउन नसके प्रजातन्त्र संकटमा : कमल थापा

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले विपीले प्रतिपादन गरेको राष्ट्रिय मेलमिलापको नीतिलाई राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रेरणाको रुपमा लिई शिरोधार्य गरेको बताएका छन् । 

 ४३ औं राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा आयोजित ‘वर्तमान राजनैतिक सन्दर्भमा राष्ट्रिय मेलमिलापको महत्व’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै अध्यक्ष थापाले देशको अस्तित्व जोगिए मात्र प्रजातन्त्र जोगिन्छ भन्ने विपीको अवधारणा वर्तमान अवस्थामा अझ सान्दर्भिक भएको बताउँदै मुलुकको अस्तित्व बचाउनकै लागि राप्रपाले राजा सहितको प्रजातन्त्र र हिन्दु राष्ट्र लाई मूल एजेण्डा बनाएर अघि बढेको स्पष्ट पारे । 

तत्कालिन समयमा विपीले राजसंस्था र प्रजातन्त्र सँगसँगै अगाडि बढ्न नसके मुलुकमा कम्यूनिष्टहरुको वर्चस्व कायम हुने र राष्ट्रियता तथा प्रजातन्त्र दुवै धरापमा पर्ने उद्घोष गरेको प्रसंगको चरितार्थ हुँदै गएको देखिएकोले सबै सजक रहनुपर्ने समय आएको बताउँदै अध्यक्ष थापाले दुईतिहाई बहुमतको कम्यूनिष्ट सरकार क्रियाशिल भएपनि जनताले परिवर्तनको महसुस गर्न नसकेको तथा यही अवस्थाले निरन्तरता पाउँने हो भने मुलुक असफल राष्ट्र हुने र देश विखण्डनको धरापमा पर्न सक्ने आशंका पैदा भएको बताए । 

लोकतन्त्रको आवरणमा लुटतन्त्रले प्रश्रय पाएको हुँदा राष्ट्रियता दिनानुदिन कमजोर हुँदे गएको विचार व्यक्त गर्दै अध्यक्ष थापाले चुनावमा विदेशीको पैसा लिएर निर्वाचित भएका जनप्रतिनिधहिरुले नेपाललाई सिक्कीम बनाउने भ¥याङको भूमिका निर्वाह नगर्लान् भन्न नसकिने बताए । 

 केही समय अघि मात्र तराइमा खुलेआम देश विखण्डनको नारा घन्किंदा पनि सरकार मुकदर्शक भएर बसेको उदाहरणले पनि थप शंका पैदा भएको भन्दै अध्यक्ष थापाले नेपालको अखण्डतालाई दिगो राख्न राजसंस्था सहितको प्रजातन्त्र, पूर्ण धार्मीक स्वतन्त्रता सहितको हिन्दु राष्ट्र र सुदृढ स्वायत्त स्थानीय शासन प्रणली अवलम्बन गर्नेतर्फ बहस चलाउन ‘मेलमिलाप दिवस’को अवसरमा सबै राजनीतिक दलहरुलाई आग्रह समेत गरे । 

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल विद्यार्थी संघका संस्थापक संयोजक एवं वरिष्ठ अधिवक्ता देवेन्द्रलाल नेपालीले देशभित्रका ऐतिहासिक शक्ति, धार्मीक शक्ति, परम्परागत शक्ति र राजनीतिक शक्तिहरुको मेलमिलाप आजको आवश्यकता भैसकेको विचार व्यक्त गरे ।
 

salt training

कमेन्ट गर्नुहोस्