×

NMB BANK
NIC ASIA

लोकतन्त्रको आवरणमा लुटतन्त्र, राष्ट्रिय अस्तित्व जोगाउन नसके प्रजातन्त्र संकटमा : कमल थापा

पुस १६, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले विपीले प्रतिपादन गरेको राष्ट्रिय मेलमिलापको नीतिलाई राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रेरणाको रुपमा लिई शिरोधार्य गरेको बताएका छन् । 

Muktinath Bank

 ४३ औं राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा आयोजित ‘वर्तमान राजनैतिक सन्दर्भमा राष्ट्रिय मेलमिलापको महत्व’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै अध्यक्ष थापाले देशको अस्तित्व जोगिए मात्र प्रजातन्त्र जोगिन्छ भन्ने विपीको अवधारणा वर्तमान अवस्थामा अझ सान्दर्भिक भएको बताउँदै मुलुकको अस्तित्व बचाउनकै लागि राप्रपाले राजा सहितको प्रजातन्त्र र हिन्दु राष्ट्र लाई मूल एजेण्डा बनाएर अघि बढेको स्पष्ट पारे । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तत्कालिन समयमा विपीले राजसंस्था र प्रजातन्त्र सँगसँगै अगाडि बढ्न नसके मुलुकमा कम्यूनिष्टहरुको वर्चस्व कायम हुने र राष्ट्रियता तथा प्रजातन्त्र दुवै धरापमा पर्ने उद्घोष गरेको प्रसंगको चरितार्थ हुँदै गएको देखिएकोले सबै सजक रहनुपर्ने समय आएको बताउँदै अध्यक्ष थापाले दुईतिहाई बहुमतको कम्यूनिष्ट सरकार क्रियाशिल भएपनि जनताले परिवर्तनको महसुस गर्न नसकेको तथा यही अवस्थाले निरन्तरता पाउँने हो भने मुलुक असफल राष्ट्र हुने र देश विखण्डनको धरापमा पर्न सक्ने आशंका पैदा भएको बताए । 


Advertisment
Nabil box
Kumari

लोकतन्त्रको आवरणमा लुटतन्त्रले प्रश्रय पाएको हुँदा राष्ट्रियता दिनानुदिन कमजोर हुँदे गएको विचार व्यक्त गर्दै अध्यक्ष थापाले चुनावमा विदेशीको पैसा लिएर निर्वाचित भएका जनप्रतिनिधहिरुले नेपाललाई सिक्कीम बनाउने भ¥याङको भूमिका निर्वाह नगर्लान् भन्न नसकिने बताए । 

Vianet communication
Laxmi Bank

 केही समय अघि मात्र तराइमा खुलेआम देश विखण्डनको नारा घन्किंदा पनि सरकार मुकदर्शक भएर बसेको उदाहरणले पनि थप शंका पैदा भएको भन्दै अध्यक्ष थापाले नेपालको अखण्डतालाई दिगो राख्न राजसंस्था सहितको प्रजातन्त्र, पूर्ण धार्मीक स्वतन्त्रता सहितको हिन्दु राष्ट्र र सुदृढ स्वायत्त स्थानीय शासन प्रणली अवलम्बन गर्नेतर्फ बहस चलाउन ‘मेलमिलाप दिवस’को अवसरमा सबै राजनीतिक दलहरुलाई आग्रह समेत गरे । 

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल विद्यार्थी संघका संस्थापक संयोजक एवं वरिष्ठ अधिवक्ता देवेन्द्रलाल नेपालीले देशभित्रका ऐतिहासिक शक्ति, धार्मीक शक्ति, परम्परागत शक्ति र राजनीतिक शक्तिहरुको मेलमिलाप आजको आवश्यकता भैसकेको विचार व्यक्त गरे ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x