०१ असार २०८३, सोमबार

५७ करोड ठगीका आरोपी चार लाख धरौटीमा रिहा

पुस १८, २०७५
५७ करोड ठगीका आरोपी चार लाख धरौटीमा रिहा

काठमाडौं–५७ करोड रुपैयाँ बैंकिङ ठगीका आरोपी सामान्य धरौटीमा छुटेका छन् । तत्कालीन किष्ट बैंकका कर्मचारी तथा तथा ऋणाीहरुलाई उच्च अदालत पाटनले न्यूनतम धरौटीमा छाड्न आदेश दिएको हो । 

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बैंकका तत्कालीन कर्मचारी बाल नरसिंह घर्ती र प्रगुन श्रेष्ठ तथा ऋणीहरु कुलप्रसाद पोखरेल, प्रमोद कुमार देव र अजयकुमार देवलाई पक्राउ गरी मुद्दा दायर गरेको थियो । उनीहरु गतसाता न्यूनतम धरौटीमा छुटेका हुन् । 

घर्तीविरुद्ध ५७ करोड ४४ लाख ८ हजार ४ सय ४८ रुपैयाँ बिगो दाबीसहित मुद्दा दायर भएको थियो । उनी चार लाख धरौटीमा पुगेको खबर नयाँ पत्रिका दैनिकले छापेको छ । 

salt training

कमेन्ट गर्नुहोस्