काठमाडौं– कच्चा तेलको भाउ निरन्तर ओरालो लागेको छ । जसकारण नेपालले तेल खरिद गर्दै आएको इन्डियन आयल कर्पोरेसन( आईओसी) ले पछिल्लो एक वर्षमा सबैभन्दा कम मूल्य निर्धारण गरी भारतमा पेट्रोल डिजेल बिक्री गरिरहेको छ ।
आईओसीले सोमबार पेट्रोलमा २८ पैसा र डिजेलमा २३ पैसा मूल्य घटाएर दिल्लीमा प्रतिलिटर पेट्रोल ६८.६४ र डिजेल ६२.८६ भारु निर्धारण गरेको छ ।
यो सन् २०१८ को सबैभन्दा कम मूल्य हो । भारतमा मूल्य घटेसँगै अब नेपाल र भारतको इन्धनको मूल्य करीब समान भएको छ ।