२३ जेठ २०८३, शनिबार

बिदाइको दिन पनि ‘चलखेल’

पुस १८, २०७५
बिदाइको दिन पनि ‘चलखेल’

काठमाडौँ – प्रधानन्यायाधीश ओमप्रकाश मिश्र मंंगलबार उमेर हलका कारण अवकाश लिदैँ थिए । 

दिउँसो साढे २ बजे बिदाइ कार्यक्रम थियो । त्यसको केही घण्टाअगाडिसम्म पनि उनी ‘अस्वाभाविक’ रुपमा इजलास तोकिरहेका थिए । 

‘हिँड्ने दिनसमेत मुद्दा व्यवस्थापनमा रुचि देखाउने प्रधानन्यायाधीश कहिल्यै देखिएको थिएन,’ न्याय प्रशासनका एक उच्च अधिकारीेले भने, ‘केही घण्टाअघिसम्म पनि मुद्दा छान्ने र आफ्नो स्वार्थको इजलासमा तोक्ने उनको चरित्र अजिब थियो ।’ यो समाचार आजको कान्तिपुर दैनिकमा छापिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्