काठमाडौं– प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । प्रधानन्यायाधीश राणाले बुधवार विहान राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन् ।
संसदीय सुनुवाई विशेष समितिले मंगलवार राणाको नाम नेपालको भावी प्रधानन्यायाधीशका लागि सर्वसम्मत रुपमा अनुमोदन गरेको थियो ।
२०५२ सालमा पुनरावेदन अदालतको न्यायाधीशका रुपमा सेवा प्रवेश गरेका राणा झन्डै ४ वर्षसम्म सर्वोच्च अदालतको प्रधानन्यायाधीश रहनेछन् ।
२८ मंसिर २०१४ सालमा जन्मिएका राणा ६५ वर्षे उमेरहद पूरा गरेर २८ मंसिर २०७९ मा सेवानिवृत्त हुनेछन् । उमेर हदको अनिवार्य अवकाश बाहेक प्रधानन्यायाधीशको कार्यकाल ६ वर्षको हुने संवैधानिक व्यवस्था छ ।