
काठमाडौं– नवनियुक्त प्रधानन्यायाधी चोलेन्द्र शमसेर राणाले पदभार ग्रहण गरेका छन् ।
बुधबार विहान राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको शपथग्रहण लिए लगत्तै राणा सर्वोच्च अदालत पुगेर पदभार ग्रहरण गरेका हुन् ।
राणालाई सर्वोच्चमा अवकासप्राप्त प्रधानन्यायधीश ओमप्रकाश मिश्र, न्यायाधीशहरु, मुख्यरजिष्ट्रार राजन भट्टराई लगायतले स्वागत गरेका थिए । पदभार ग्रहण गरेसँगै राणाले बुधबारको लागि ९ वटा इजलास तोकेका छन् ।