
काठमाडौं — द कपिल शर्मा शोको दोस्रो सीजनमा नयाँ शोमा सलमान खानलाई निम्तो गरिएको छ । सलमानका प्रशंसकहरू कपिलको शोमा आफ्ना आइडोल आउने खबर सुनेर उत्साहित भएका छन् ।
शोको एउटा क्पिल अहिले खुबै चर्चामा छ । त्यसमा सलमानले सञ्जय दत्तका कारण आफ्नो बिहे अहिलेसम्म नभएको बताए ।
सलमानले कपिलको शोमा एउटा कथा सुनाएका छन् । उनले भने, ‘सञ्जू बाबाले मलाई एकपटक बिहे गर्नका लागि कन्भिन्स गरे । त्यतिखेर उनको फोनको घन्टी बजिरहेको थियो । भाउजुको फोन थियो शायद । उनले भाईजना वन
सेकेन्ड भनेर फोन लिएर अन्तै गए । त्यसपछि नै मैले बुझें, बिहे गर्नु कति मुश्किल काम हो भनेर ।’
सलमानको यो कुरा सुनेपछि कपिल र शोमा उपस्थित दर्शकहरू बेस्सरी हाँसे ।
सलमानको शो शनिवार राति पौने १० बजे प्रसारण हुनेछ ।
एजेन्सी