×

NMB BANK
NIC ASIA

बुटवल – ५ नम्बर प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री बैजनाथ चौधरीले मुलुकको समृद्धिको आधार विद्युत् रहेको बताएका छन् ।

Muktinath Bank

त्यसको लागि विद्युत्को उत्पादन र सही सदुपयोग हुन आवश्यक रहेकोमा जोड दिए । नेपाल विद्युत् प्राधिकरण राष्ट्रिय कर्मचारी युनियन प्रदेश भेला तथा प्रदेश समितिको घोषणा सभामा बुधवार बोल्दै चौधरीले विद्युत्को तीब्र उत्पादन र विकास गरेपछि मात्र मुलुक समृद्ध बन्ने बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘समृद्ध नेपाल सुखी नेपाली भन्ने सरकारको लक्ष्य छ,’ मन्त्री चौधरीले भने, ‘त्यसको लक्ष्यमा पुग्न विद्युत्को तीब्र रूपमा उत्पादन र विकास गर्नुपर्छ ।’ चौधरीले विद्युत्को धेरै चुहावट हुने गरेको भन्दै त्यसको नियन्त्रण्मा कर्मचारी खट्नुपर्ने बताए । ‘विद्युत्को क्षेत्रमा भ्रष्टाचार र अनियमितता पनि छन् । त्यसको नियन्त्रण गर्न कर्मचारीहरूले खवरदारी पनि गरिनुपर्छ,’ मन्त्री चौधरीले भने ।


Advertisment
Nabil box
Kumari

उनले नेपालका छिमेकी २ राष्ट्रहरू भारत र चीन विकासको तीब्र गतिमा अगाडि बढेका प्रसङ्ग उठाउँदै चौधरीले अब नेपाल पनि त्यो गतिमा जानुको विकल्प नभएको बताए । कार्यक्रममा नेपाल विद्युत् प्राधिकरण राष्ट्रिय कर्मचारी युनियनका संयोजक रामेश्वर पौडेलले विद्युत् प्राधिकरणका कर्मचारीहरू रूपान्तरण हुन आवश्यक भएको बताए । उनले कर्मचारीलाई ग्राहकको सम्मानका साथ सेवा गर्न आग्रह गरे । कार्यक्रममा सहसंयोजक खगेन्द्र शाहीले कर्मचारीलाई एकताबद्ध भएर अगाडि बढ्न आग्रह गरे ।

Vianet communication
Laxmi Bank

कार्यक्रममा संगठनका केन्द्रीय विभाग प्रमुख भूमिनन्द अर्याल, आन्तरिक व्यवस्थापन विभागका झुलिराम थापा, सहकारी तथा अनुसन्धान विभाग प्रमुख रामकुमार थेवे, जिफन्ट केन्द्रीय सदस्य हरि कार्की, नेकपा रुपन्देहीका नेता निर्मल जिसी विद्युत् प्राधिकरण बुटवल शाखा प्रमुख भानुभक्त भट्टराई लागतले बोलेका थिए ।

प्रदेश इन्चार्ज राजेश नेपालको अध्यक्षता, सहइन्चार्ज देवेन्द्र वैरागीको स्वागत तथा केन्द्रीय सचिवालय सदस्य राजेन्द्र क्षेत्रीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । 

अध्यक्षमा कल्पना थापा

नेपाल विद्युत् प्राधिकरण राष्ट्रिय कर्मचारी युनियन प्रदेश भेलाले कल्पना थापाको अध्यक्षतामा २१ सदस्यीय नयाँ नेतृत्व चयन गरेको छ । जसको उपाध्यक्षमा विष्णुबहादुर महत, सचिवमा टेकबहादुर बुढा र कोषाध्यक्षमा कल्पना पाण्डे रहेका छन् ।

सदस्यमा केशव पौडेल, सुरेशचन्द्र पौडेल, अविनाश ज्ञवाली, बाबुराम ज्ञवाली, फटिक तरामु, तुलसी डाँगी, गजेन्द्र चौधरी, विनोद बानियाँ, माधव घिमिरे, हेमन्तप्रसाद चौधरी, भोलानाथ पाण्डे, दिनबहादुर आचार्य, टेकबहादुर बोहोरा, दिलमान रोका, भुपेन्द्र खनाल, अजय महासेठ र प्रदीप परियार रहेका छन् ।

सल्लाहकारमा गौरव पाण्डे, कमल गौतम, यादवप्रसाद घिमिरे, छविलाल पन्थी, तारा पौडेल र शिवप्रसाद पाण्डे रहेका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x