०२ असार २०८३, मंगलबार

आफूले अध्ययन गरेको क्याम्पस जाँदै राष्ट्रपति भण्डारी, तर छ तालाबन्दी

आफूले अध्ययन गरेको क्याम्पस जाँदै राष्ट्रपति भण्डारी, तर छ तालाबन्दी

विराटनगर–राष्ट्रपति विद्यादेवी भण्डारी बिहीवार विराटनगरमा रहेको महेन्द्र मोरङ आदर्श कलेजमा आउने भएकी छिन् । 
कलेजको अवस्थाको बारेमा जानकारी लिन आउने राष्ट्रपतिको लागि सुनाउने समस्याको चाङ क्याम्पसले तयार पारिसकेको छ । बुधवार पत्रकार सम्मेलन गरी क्यापसले राष्ट्रपतिको स्वागतको लागि सम्पूर्ण तयारी पुरा भएको जनाएको हो । 
राष्ट्रपतिले २०३९ सालदेखि ४१ सालसम्म यही क्याम्पसमा पढेकी थिइन्  । यो क्याम्पस भर्ना हुँदा विद्यादेवी पाण्डेको नाममा उनको रोल नम्बर ३२० थियो । मानविकी संकायमा अध्ययन गरेकी भण्डारी सोही क्याम्पसबाट २०४० सालमा अनेरास्ववियुको निर्वाचनमा कोषाध्यक्षमा निर्वाचित भएकी थिइन्  । 
उनै पूर्वविद्यार्थी कलेजले  राष्ट्रपतिको भब्य स्वागतको लागि २०१ आयोजक मुल समारोह समिति गठन गरेर काम तिब्र पारेको हो ।  

पूर्वाञ्चल विश्व विद्यालयमा रजन जयन्तीको रुपमा आउन लागेकी राष्ट्रपति विश्वबिद्यालयको कार्यक्रम सकेलगत्तै महेन्द्र मोरङ क्याम्पसमा जाने कार्यक्रम रहेको छ ।  १ बजे देखि आयोजना गर्ने भनिएको  कार्यक्रमा राष्ट्रपतिलाई क्याम्पसको समस्याको बारेमा जानकारी गराईने छ ।
पुवाञ्चल विश्व विद्यालयको कार्यक्रममा आएको बेला राष्ट्रपतिले  आफू पढेको क्याम्पसमा जाने ईच्छा ब्यक्त गरेपछि यसरी कार्यक्रमको आयोजना गरिएको जनाइएको छ । 
क्याम्पस प्रमुख बाबुराम तिमल्सिनाले राष्ट्रपतिलाई यसअघि पनि आउन आग्रह गरिएपनि विभिन्न  प्राविधिक कारणले सम्भव नभएपछि बल्ल यसपटक भने पक्का भएको बताए । 

यसैबीच पछिल्लो समय क्याम्पसको पठनपाठन स्तर खस्किएको छ । क्याम्पस प्रशासन र विद्यार्थी संगठनबीच पटक पटक विवाद भइरहने  क्याम्पसमा यो श्रृङखला अहिलेसम्म पनि जारी छ । अर्थात विगत १६ दिनदेखि क्याम्पसमा तालाबन्दीको अबस्था छ । विद्यार्थीहरुले क्याम्पस प्रमुखको कार्यकक्ष र आर्थिक प्रशासन शाखामा तालाबन्दी गरेका हुन् । 
देशकै सर्वोच्च ब्यक्ति राष्ट्रपति  आउन लाग्दा पनि विद्यार्थीले ताला खोल्ने संकेत दिएका छैनन् । यस्तै क्याम्पस प्रशासन तथा प्रमुखले पनि खोल्ने विषयमा  चासो नदिएको जस्तो देखिन्छ । यस्तो किचलोका बीचमा राष्ट्रपति क्याम्पसको अवलोकनमा आउन लागेकी हुन् । 

salt training

कमेन्ट गर्नुहोस्