काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली वाइडबडी विमान खरिद प्रक्रियामा भएको अनियमितता बारे गहिराईसम्म पुगेर छानबिन गर्ने निष्कर्षमा पुगेका छन् ।
बहालवाला पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीसमेत मुछिएको प्रकरणमा सरकारले जरैदेखि छानबिन गर्ने निष्कर्षमा प्रधानमन्त्री पुगेका हुन् ।
‘मन्त्रिपरिषद् सदस्यलाई कारबाहीका लागि सिफारिस गरेपछि प्रधानमन्त्रीज्यूले चासो नराख्ने प्रश्नै रहेन ।त्यसैले सरकारले अब वाइडबडी प्रकरणको रौ–चिरा केलाएर छानबिन गर्छ । कहाँबाट सुरु भयो जित (बंशानुगत) पत्ता लगाएर सम्पूर्ण कुरा बाहिर आउने गरी छानबिन हुन्छ’ प्रधानमन्त्रीको भनाई उद्धृत गर्दै एक सल्लाहकारले भने, ‘लहरो तान्दा पहरो गर्जिए गर्जियोस् उहाँ दोषीलाई कडा कारबाही गर्ने पक्षमा हुनुहुन्छ ।’ नयाँ पत्रिका दैनिकले खबर छापेको छ ।