३१ जेठ २०८३, आइतबार

सप्तरीमा नयाँ सिडिओ पठाइयो, सुरक्षा प्रमुख पनि फेरिए

कात्तिक २०, २०७४
सप्तरीमा नयाँ सिडिओ  पठाइयो, सुरक्षा प्रमुख पनि फेरिए
काठमाडौँ, २४ फागुन – गृह मन्त्रालयले सप्तरीका प्रमुख जिल्ला अधिकारीमा कृष्णबहादुर कटवाललाई पठाएको छ ।
home
अर्खाखाँचीका प्रजिअ कटवाललाई सप्तरी सरुवा गरिएको मन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थीले जानकारी दिए ।
त्यसैगरी सप्तरीको नेपाल प्रहरीको प्रमुखमा उपरीक्षक अनुराग द्विवेदी र सशस्त्र प्रहरी बलको उपरीक्षकमा रामआधार झालाई खटाइएको छ ।

यसअघि बिहान मन्त्रालयले सप्तरीका प्रजिअ उद्धव तिमिल्सिना, नेपाल प्रहरीका उपरीक्षक दिवस लोहनी र सशस्त्र प्रहरी बलका उपरीक्षक जयबहादुर खड्कालाई राजधानी फिर्ता बोलाएको थियो ।

मन्त्रालयका प्रवक्ता पन्थीले सप्तरीको अवस्था असहज भएकाले उनीहरुलाई फिर्ता बोलाएर नयाँ टोली पठाइएको बताए ।

सोमबार नेकपा एमालेले आयोजना गरेको मेची–महाकाली अभियानमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले अवरोध गर्दा प्रहरीसँगको झडपमा गोली लागी मोर्चाका तीन कार्यकर्ताको मृत्यु भएको थियो ।
सो घटनापछि एमालेले मेची– काली अभियान तीन दिनको लागि स्थगित गरेको छ भने अब मधेसमा अभियान सञ्चालन नगर्ने मंगलबार आयोजित पत्रकार सम्मेलनबाट जानकारी दिएको छ ।
एमालेले आगामी २७ गतेदेखि हेटौडाबाट अभियान सञ्चालन गर्नेछ ।
यसैबीच घटनाको विरोधमा आज दिनभर मधेसका जिल्लाहरुमा तनाव रह्यो ।

salt training

कमेन्ट गर्नुहोस्