०१ असार २०८३, सोमबार

डोनाल्ट ट्रम्पकी छोरी इवांकासँग कफी खाँदै समय विताउन ५४ लाखको बोली !

कात्तिक २०, २०७४
डोनाल्ट ट्रम्पकी छोरी इवांकासँग कफी खाँदै समय विताउन ५४ लाखको बोली !
काठमाडौं,१पुस– अमेरिकाको नव निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पकी छोरी इवांकाले आफूसँग कफी खान लगाएको अनलाईन बोली बढेर ५० लाख सम्म पुगेको छ ।

गएको ५ डिसेम्बरदेखी आफूसँग कफी खानको इवांकाले अनलाईन बोली लगाएकी थिइन् । शुरुमा त्यसको रकम ८ हजार डलर अर्थात आठ लाख रुपैयाँ थियो । अहिले सो बोली रकम बढेर ५० हजार डलर अर्थात ५४ लाख रुपैयाँसम्म पुगेको छ ।

सबैभन्दा बढी रकम बोली लगाउने व्यक्तिले सन २०१७ मा इवांकासँग डेटमा जान पाउनेछन् र उनीसँग कफी पिउने मौका पाउनेछन् ।

अनलाईनमा सबैभन्दा बढी रकम बोली लगाउने व्यक्तिले ट्रम्प छोरीसँग ३५ देखि ४० मिनेटसम्म गफिने मौका पाउनेछन् । साथै फोटो खिच्न पनि सक्नेछन् ।

इंवाका आफ्ना भाई एरिकको च्यारिटी संस्थाको सहयोगको लागि सो रकम खर्च गर्नेछिन् । उनका भाई एरिकले ट्रम्प फाउन्डेशन सेट जुड चिल्ड्रेन्स रिसर्च हस्पिटलमा विरामी बच्चाहरुको सहयोग जुटाउने काम गर्छन् ।

विजेताले सन २०१७ जनवरी १ देखि २०१८ सम्ममा ट्रम्पछोरीसँग कफी पिएर गफिने मौका पाउनेछन् । कफी खानको लागि न्यूयोर्क स्थित ट्रम्पटावर वा वाशिंगटनस्थित ट्रम्प इन्टरनेशनल होटेलको स्थान तय गरिएको छ । इवांकालाई भेट्न अघि सुरक्षाकर्मीले जाँच गर्नेछ । एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्