०३ असार २०८३, बुधबार

के उत्तर कोरियाली कूटनीतिज्ञले इटालीसँग  शरण मागेकै हुन् ?

पुस १९, २०७५
के उत्तर कोरियाली कूटनीतिज्ञले इटालीसँग  शरण मागेकै हुन् ?

 इटाली– उत्तर कोरियाली उच्च कूटनीतिज्ञले शरण मागेको इटालीलाई जानकारी नभएको यहाँको विदेश मन्त्रालय निकट स्रोतले बिहीबार बताएको छ । 

इटालीमा सन् २०१७ को अक्टोबरमा राजदूतमा नियुक्त भएका जो सङ गिलले उनको परिवारसहित कुनै पश्चिमी मुलुकमा शरण माग गरेको भनाइ बाहिर आएको समय इटालीको उक्त भनाइ आएको हो । 

स्रोतले एएफपीसँग भन्यो, “यस्तो अनुरोधबारे ‘हामीलाई कुनै जानकारी छैन’ तर मन्त्रालयलाई उहाँको स्थानमा अरू कसैलाई पठाउनका लागि अनुरोधसहितको पत्र भने प्योङयाङबाट पाएको छ ।” 

उनी को हुन् भन्ने बारेमा मन्त्रालयलाई जानकारी नभएको बताइएको छ । जोले आफू र परिवारसहित शरण माग गरेको एक पत्रिकाले जानकारी गराएको र यसपछि दक्षिण कोरियाली गुप्तचर निकायले उत्तर कोरियाली कूटनीतिज्ञको सुरक्षाका लागि सांसदहरूलाई जानकारी गराएको थियो । 

इटाली प्योङयाङका लागि कूटनीतिक दृष्टिकोणले महत्वपूण मुलुक हो ।
 

salt training

कमेन्ट गर्नुहोस्