
काठमाडौं – ‘अब च्यानल होइन, टीभी बदल्नुस्’ नाराका साथ एलजीले आफ्नो एक्सचेन्ज योजना सार्वजनिक गरेको छ ।
योजना अन्तर्गत कुनै पनि ब्राण्डका पुरानो टीभीलाई एलजीकोे टेलिभिजनसँग साट्न सकिन्छ भने एक्सचेन्जमार्फत् पुरानो टीभीको उचित मूल्यांकनका साथै ४१ हजार रुपैयाँसम्मको नगद छुट पनि पाइनेछ ।
योजनाबाट ग्राहकले नयाँ एलजीका टीभी, आर्कषक छुट र मूल्यांकन साथसाथै पुरानो टीभीबाट आउने समस्याबाट छुटकाराको फाइदा पाउनेछन् ।
योजना देशभर सीमित अवधिका लागि हुनेछ भने कम्पनीको नियम अनुसार शर्तहरू लागू हुनेछन् ।