
काठमाडौं – सिटी एक्स्प्रेसको ‘लखपति एक्स्प्रेस’ योजना अन्तर्गत साउदी अरबको अरब नेशनल बैंक टेलिमनिबाट पैसा पठाई तेस्रो महिनाको १ लाख रुपैयाँको मासिक लक्की ड्र«मा परी मोरङकी रुना धिमाल विजेता घोषित भएकी छन् ।
उपहार योजना अवधिमा हालसम्म दैनिक उपहार योजना अन्तर्गत १ हजार ८० जनाले २ सयको मोबाइल टपअप, साप्ताहिक रुपमा ३६ जना विजेताले १० हजार र २ जनाले १ लाख जितिसकेका छन् ।
सबै उपहारहरू विद्युतीय लक्की ड्रमार्फत् विजेता छनौट गरिएको थियो । सिटी एक्सप्रेस कम्प्लेक्स भवनमा कार्यक्रमको आयोजना गरी एक समारोहबीच नगद पुरस्कार हस्तान्तरण गरिएको छ ।
सिटी एक्स्प्रेसको ‘लखपति एक्स्प्रेस’ उपहार योजना अन्तर्गत लक्की ड्रमार्फत् उपभोक्ताले दैनिक २ सय रुपैयाँको मोबाइल टपअप १२ जनाले जित्न सक्ने, साप्ताहिक रुपमा ३ जना विजेताले १० हजार रुपैयाँ र हरेक महिना लक्की ड्रमा विजयी हुने १ जनाले १ लाख रुपैयाँ जित्न सक्ने, उपहार योजनाको अन्त्यमा १ जना भाग्यशाली विजेताले बम्पर उपहार र सिटी एक्स्प्रेस मनी ट्रान्सफर प्रालि १२ औं वर्ष प्रवेश गरेको उपलक्ष्यमा १२ लाख रुपैयाँसम्म जित्न सक्ने छन् ।
योजना असोज १ गतेदेखि मंसिर २९ गतेसम्म चलेको थियो । यो अवधिभर सिटी एक्सप्रेसमार्फत् मनी ट्रान्सफर गर्ने सम्पूर्ण सेवाग्राही यो उपहार योजनामा सहभागी भएका थिए ।