
काठमाडौं । सरकार र कर्मचारी सम्बद्ध ट्रेड युनियनबीच सहमतिसँगै कर्मचारी भटाभट समायोजन प्रक्रियामा सहभागी हुन थालेका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको समायोजन सफ्टवेयरमा शुक्रबारसम्म देशभरका ३२ हजार कर्मचारी जोडिएका छन् ।
मन्त्रालयका प्रवक्ता तथा सहसचिव सुरेश अधिकारीले समायोजन प्रक्रियामा कर्मचारीको उत्साह बढ्न थालेको बताए । उनले शुक्रबारसम्म समायोजन सफ्टवेयरमा ३२ हजार कर्मचारी सम्पर्कमा आइसकेको जानकारी दिए । तीमध्ये १० हजारले समायोजन हुन चाहने तह उल्लेख गर्दै समायोजन फाराम नै भरिसकेको जानकारी प्रवक्ता अधिकारीले दिए । समायोजन फाराम भरेकामध्ये आधाभन्दा बढीले संघमैै समायोजन हुने चाहना व्यक्त गरेको मन्त्रालयले जनाएको छ । राजधानी दैनिकमा खबर छापिएकाे छ ।