
काठमाडौँ, १७ मङ्सिर- नेपाल विद्युत प्राधिकरणका केही सञ्चालक र कार्यकारी निर्देशक कुलमान घिसिङबीच विवाद बढेको आजको कारोबारले खबर छापेको छ ।
काठमाडौं उपत्यकालाई लोडसेडिङमुक्त बनाएका र देशभर घटाउने अभियानमा रहेका घिसिङविरुद्ध सञ्चालकहरुले संगठित रुपमै अभियान चलाएका हुन् ।
सञ्चालकहरुले घिसिङले आफूखुसी निर्णय गरेको भन्दै उनको मनोबल गिराउन लागिपरेका छन्।
घिसिङमाथि अवरोधको प्रयास गर्ने सञ्चालकमा लक्ष्मण अग्रवाल, मनोज मिश्र र सुरज लामिछाने छन् । गत तिहारदेखि काठमाडौं उपत्यकालाई लोडसेडिङमुत्त, र उपत्यकाबाहिर पनि लोडसेडिङ घटाएर चर्चा कमाएका घिसिङ यसलाई निरन्तरता दिने अभियानमा जुटिरहेका छन् ।