१३ असार २०८३, शनिबार

कर्णालीका हरेक व्यक्तिको विवरण राख्ने तयारीमा प्रदेश सरकार

पुस २१, २०७५
कर्णालीका हरेक व्यक्तिको विवरण राख्ने तयारीमा प्रदेश सरकार

सुर्खेत– कर्णाली प्रदेशका मुख्यमनत्री महेन्द्रबहादुर शाहीले कर्णाली प्रदेशका हरेक जनताको तथ्यांक संकलन गर्ने र प्रोफाइल निर्माण गर्ने बताएका छन् । 

मुख्यमन्त्री शाहीले कर्णालीका हरेक व्यक्तिको आर्थिक, शैक्षिक, पारिवारिक, सामाजिक, धार्मीकजस्ता सबै विषय समेटेर प्रोफाईल बनाइने र त्यो प्रोफाईललाई डाटा सेन्टरमा सुरक्षित राखिने बताए । हामी अहिले डाटा सेन्टर निर्माणको तयारीमा छौं । मुख्यमन्त्री शाहीले भने, अनि उक्त डाटा सेन्टरमा कर्णालीका हरेक व्यक्तिको तथ्यांक राख्नेछौं । कर्णालीको वास्तविकता के रहेछ भन्ने कुरा डाटा सेन्टरले नै देखाउनेछ ।

कर्णालीको सम्पूर्ण तथ्यांक संकलन गरेर कर्णालीको अहिलेको अवस्था के छ भन्ने कुरा थाहा पाउन तथ्यांक संकलनको काम गरिने मुख्यमन्त्री शाहीको भनाई छ । अहिले हामीलाई पूर्ण रुपमा थाहा छैन । कर्णाली कुन अवस्थामा छ । शैक्षिक, धार्मीक तथा आर्थिक रुपमा कर्णालीको वर्तमान अवस्था के हो भन्ने तथ्यांक नै हामीले पाउन सकेका छैनौं । योजना आयोगका अध्यक्षसमेत रहेका मुख्यमन्त्री शाहीले भने, अहिलेको अवस्था थाहा पाएको खण्डमा हामीले भोलीको सपना देख्न सक्ने भएका कारण पनि हामीलाई सहि तथ्यांकको संकलन गर्नु आवश्यक छ । कर्णाली प्रदेश सरकार तथ्यांक संकलन गरेर भएपनि कर्णालीलाई समृद्ध बनाउन अहोरात्र मेहनत गर्नेछ ।

उनले उक्त तथ्यांकमा कर्णालीमा रहेको जनशक्तिको अवस्थाबारेमा पनि जानकारी संकलन हुने बताए । हामी तथ्यांक संकलन गर्दा कर्णालीमा दक्ष जनशक्तिको अवस्था कस्तो छ भन्नेमा पनि ध्यान दिनेछौं । मुख्यमन्त्री शाहीले भने, अनि कर्णाली प्रदेश सरकारले कतिजना पाइलट बनाउनु पर्ने हो, कति जना डाक्टर बनाउनुपर्ने हो त्यो अनुसार योजना बनाउँछ र उनीहरुलाई पूर्ण छात्रवृत्ति दिएर अध्यापन गराउने र उनीहरुलाई कर्णालीमै सेवा प्रदान गर्ने गरि अध्यापन गराइनेछ । तर त्यसकालागि भने सम्वन्धित विद्यार्थीसँग पहिले नै एग्रिमेन्ट गर्ने प्रदेश सरकारको तयारी रहेको मुख्यमन्त्री शाहीले बताए ।

अहिले कुन गाउँमा के उत्पादन भयो, कति खपत भयो भन्ने तथ्यांक नै छैन । उनले भने, कर्णालीमा कसले कति पशु पालेको छ । कुन स्थानमा श्रोत खेर गइरहेको छ भन्ने तथ्यांक कतै पनि पाइदैन । तर अब कर्णालमिा तथ्यांक संकलन पश्चात संचालन गरिने डाटा सेन्टरमा ती सबै कुराहरु उल्लेख गरिने मुख्यमन्त्री शाहीको भनाई छ ।

मुख्यमन्त्री शाहीले सरकार कर्णालीको विकासका लागि प्रतिबद्ध रहेको बताउँदै कर्णालीको विकासको जगका लागि गुरुयोजना निर्माण गर्ने गरि सरकार अघि बढेको बताए ।
 

salt training

कमेन्ट गर्नुहोस्