३२ असार २०८३, बिहीबार

सरकारले आत्तिएर रातारात वाइडबडी छानविनको लागि समिति बनायो– प्रकाशमान

सरकारले आत्तिएर रातारात वाइडबडी छानविनको लागि समिति बनायो– प्रकाशमान

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले सरकारमाथि जनताको विश्वसनीय घट्दै गएको बताएका छन् । 

संसदय समितिले आफ्नु प्रतिबेदन नै नबुझाई सरकारले अतालिएर रातारात  कानुन बिपरित समिति बनाउन लागि परेको आरोप लगाएका छन् । 

संसदीय अभ्यास र अधिकार क्षेत्रलाई प्रभावित पार्ने कामगरेको प्रति सिंहले आपत्ति जनाए । 

४३ औँ राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा नेपाली काँग्रेस काठमाडौँ महानगरपालिका–२६ ले आज  आयोजना गरेको कार्यक्रममा नेता सिंहले दुई तिहाईको सरकारले संविधानलाई पन्छाएर अगाडि बढ्न खोजेको आरोप लगाए । 

 “सरकार दुईतिहाईको बलमा कानुनभन्दा माथि उठेर मुद्दा लगाएको रेशम चौधरीलाई सपथ खुवाइरहेको छ,”–उनले भने । सरकारले मुद्दा चलेको व्यक्तिलाई राजनीति फाइदाका लागि कानुन मिचेर सपथ खुवाएको उनको भनाई छ । 

पूर्व उपप्रधानमन्त्री सिंहले सरकारले कानुन विपरीत एकपछि अर्को काम गर्नुले पनि सरकारको विश्वसनीयता घटेको दाबी गरे ।

उनले राष्ट्रियता र प्रजातन्त्रलाई सन्तुलित राखेर अगाडि बढ्न विपी कोइराला र गणेशमान सिंह राष्ट्रिय मेलमिलापको नीति लिएर अगाडि बढेको बताए । 

salt training

कमेन्ट गर्नुहोस्