२० असार २०८३, शनिबार

फुटपाथमै कपडा किन्छिन् अजय देवगणकी पत्नी काजोल

फुटपाथमै कपडा किन्छिन् अजय देवगणकी पत्नी काजोल

बलिउड अभिनेत्री काजोल हालै आफ्ना श्रीमान् अजय देवगणका साथ करण जोहरको पपुलर शो कफी विद करणमा केही सयम पहिला देखिइन् । 

शोका दौरान उनीहरूले खुलेरै कुराकानी गरे । त्यसै क्रममा काजोलले एउटा नयाँ रहस्य खोलिन् ।

त्यहाँ उनले आफ्नो ध्यान सधैं सस्तो कपडामा जाने र मन परेको पहिरन फुटपाथमै किन्ने रहस्य खोलिन् ।

काजोलका पति अजयले आफ्नी श्रीमती पैसाको मामिलामा किनै कन्जुस भएको बताए । काजोलले कहिलेकाहीं अनलाइनबाटै सपिङ गरे पनि आफैं गएर सपिङ गर्नुपरे ठूला मलहरूमा नगएर फुटपाथ र सामान्य पसलमा गएर समान लिने गरेको रहस्य खोलेकी हुन ।

अजयले यस विषयमा भने, ‘काजोलमा पैसा जोगाउने सोख छ ।’ काजोलले श्रीमान्लाई जवाफ दिएकी छिन्, ‘केही निश्चित समय लगाइने पहिरनका लागि किन ठूलो रकम खर्चिनुपर्‍यो त ?’

salt training

कमेन्ट गर्नुहोस्