२९ जेठ २०८३, शुक्रबार

‘वाइबडी प्रकरण नेपालको इतिहासमा एक कलंक’

‘वाइबडी प्रकरण नेपालको इतिहासमा एक कलंक’

काठमाडौं– संसदको सार्वजनिक लेखा समितिका सदस्यहरुले एक स्वरमा वाइडबडी खरिद प्रकरणमा दोषी देखिएका सबैलाई कारबाही गरिनुपर्ने बताएका छन् । उनीहरुले यो प्रकरणमा दोषी देखिने कसैलाईपनि उन्मुक्ति दिन नहुने धारणा राखेका छन् । 

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै लेखा समितिका सदस्य एवम् नेकपाका सांसद विशाल भट्टराईले वाईडबडी खरिद प्रकरण नेपालको ईतिहासमा कलंक भएको टिप्पणी गरे । 
उनले भने,‘यो नेपालको ईतिहासमा सबैभन्दा ठूलो भ्रष्टाचारको नमूना घट्ना हो । नेपाल एयरलायन्सको ईतिहाँसमा अरु थुप्रै काण्डहरु छन् । वाईडबडी खरिद प्रक्रियामा ठूलो घोटाला भएको छ । ठूलो अनियमितता भएको छ । यसमा कुनै द्धिविधा छैन । दोषीहरुलाई कारबाही गर्नुपर्छ ।’ उनले आफूहरुले कसैलाई पनि नजोगाउने स्पष्ट पारे । 

त्यस्तै उनले यो प्रकरणका सबैभन्दा ठूला डिजाईनर वायु सेवा निगमका महाप्रबन्धक सुगतरत्न कंशकार भएकोपनि आरोप लगाए । उनले भने,‘तर,  उपसमितिको प्रतिवेदनमा कंशकार, सचिव प्रेम राई र अरुलाई एउटै बुँदामा हाल्ने काम भयो । उपसमितिको प्रतिवेदन समितिमा आउनुपुर्व मिडियामा आयो । कसरी मिडियामा आयो ? यसमा पनि हामीलाई आश्चर्य लागेको छ ।’

उपसमितिको प्रतिवेदनलाई अंकुश लगाउनको लागि वा लेखा समितिको समानन्तर समितिको रुपमा सरकारले उच्चस्तरीय छानबिन न्यायिक समिति गठन नगरेकोपनि उनले स्पष्ट पारे । 

समितिका अर्का सदस्य एवम् नेपाली कांग्रेसका सांसद तेजुलाल चौधरीले उपसमितिले आधारभुत आधारमै प्रतिवेदन ल्याएको जिकिर गरे । उनले यो प्रकरणमा दोषी देखिएका सबैलाई कडाभन्दा कडा कारबाही हुनुपर्ने बताए । 
समितिले सोमबार सर्वसम्मतीमा प्रतिवेदन पारित गर्नेपनि उनले विश्वास दिलाए । 

समितिकी अर्की सदस्य एवम् राजपा नेपालकी सांसद चन्दा चौधरीले उपसमितिले ल्याएको प्रतिवेदन सोमबार बस्ने लेखा समितिको पूर्ण बैठकले सर्वसम्मतीमा पारित हुने दाबी गरिन् । 

उनले भनिन्,‘प्रतिवेदनको भाषामा अलिकति तलमाथि भएकोले हामी त्यसमा विचार गरेर अघि बढ्छौं । दोषीलाई कारबाही गर्नुपर्छ भन्ने कुरामा लेखा समितिका हामी सबै सदस्यहरु एकमत छौं ।’

समितिले छानबिन गरेर प्रतिवेदन ल्याईसकेको अवस्थामा सरकारले किन उच्चस्तरीय छानबिन न्यायिक समिति गठन गरेको भनेर चौधरीले प्रश्न गरिन् । उनले भनिन्,‘यो प्रकरणको रौं समेत पत्ता लगाउने भनेर सरकारले उच्चस्तरीय छानबिन समिति गठन गरेको छ, यदि यसै गर्ने हो भने लेखा समिति नै डिजल्भ गरिदिए भैगयो नि ।’

उपसमितिले कुनै पूर्वाग्रह नराखिकन प्रतिवेदन ल्याएको उनको दाबी छ । 

यस्तै नेपाली कांग्रेसका सांसद एवम् पूर्वमन्त्री सञ्जय गौतमले वाईडबडी खरिद प्रकरणमा भएको घोटालाबारे लेखा समितिले राम्रो परिणाम ल्याउनेमा आफू विश्वस्त रहेको सुनाए ।


 

salt training

कमेन्ट गर्नुहोस्